© २०२३
सन्राइज बैंक लिमिटेडको शाखा कार्यालय सुनवलले स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्ट्रोनिक बैंकिङ्ग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुनवल वडा नं. ६ बिसासय स्थित भूपू चोकमा आयोजना गरेको छ ।
सुनवल शाखाका शाखा प्रवन्धक सचिन्द्र हरी सुवेदीले बैंकले आफ्ना बचतखाताका ग्राहकहरूलाई प्रदान गर्ने बिभिन्न सुविधाको साथै स्वास्थ्य तथा दुर्घटना बीमाको बारेमा विस्तृत जानकारी उपलव्ध गराउनुका साथै बैंकमा बचत खाता भएका ग्राहकहरूले आफ्नो बचत खातामा भएको बार्षिक मौज्दाताको २५ प्रतिशत सम्मको औषधोपचार बीमा तथा ६ प्रतिशत व्याज गरी जम्मा ३१ प्रतिशत सम्मको फाइदा प्राप्त गर्न सक्ने जानकारी दिए । वडाका वडाध्यक्ष राम प्रसाद लामा लगायत उपस्थितले बैंकले ल्याएको स्वास्थ्य उपचार बीमा अतिनै राम्रो तथा लोकप्रिय भएको प्रतिक्रिया दिए ।