ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
एंकर खबर

हस्तकलाको ‘ब्राण्डिङ्ग’ तर्फ थारु महिलाउद्यमी

९ चैत्र २०७९, बिहीबार
९ चैत्र २०७९, बिहीबार

बाँके,  चैत – बाँकेका थारु महिलाले हस्तकलाको संरक्षणबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर संगठित भएका महिलाले हराउँदै हस्तकलाको सामग्री उत्पादन गरी व्यवसाय सञ्चालन गरेका छन् । जंगलबाट कुश अर्थात् खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रकी अध्यक्षसमेत रहेकी नेपालगन्ज–९, बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले बताए । उनले भने, ‘थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’ उत्पादन गर्न लागेको समयको आधारमा सामानको मूल्य तोक्ने गरेको हस्तकला उद्यमी निरुले बताए । उनका अनुसार थारु महिलाले रु.२० देखि रु.७ सय सम्मको सामान उत्पादन गर्दै आएका छन् । थारु हस्तकला व्यवसाय आम्दानीको राम्रो श्रोत बनेको उनको भनाई छ ।

थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगन्ज–१२ की उद्यमी विह्या थारुले बताइन् । केही वर्ष अघिसम्म थोरै रकम जोड्न समस्या थारु महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उद्यमी विह्याको भनाई छ । उनले व्यवसायबाट सन्तुष्ट भएको बताइन् । थारु हस्तकला उत्पादनसम्बन्धी तीन महिने तालिम लिएर व्यवसाय सुरु गरेकी विह्याले भनिन्, ‘एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न सहयोग भएको छ भने अर्कोतर्फ व्यवसायबाट राम्रो आम्दानी भएको छ ।’ उनले घरमै बसेर मासिक रु.१२ हजारसम्म आम्दानी भइरहेको बताइन् । थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुको खपतमा समेत समस्या नभएको उनको भनाई छ । मागअनुसार सामग्री पुर्याउन नसकिएको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ । माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै केन्द्रकी अध्यक्ष निरुले आलोपालो गरेर सामान पु¥याउने गरिएको बताए । मागअनुसार थारु हस्तकलाका सामान उत्पादन गर्न कठिन भएको नेपालगन्ज–९, बाँकेगाउँकी आरती चौधरीले बताइन् । हस्तकलाको व्यवसाय सुरु नगर्दै फुर्सदिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उनको भनाइ छ । ‘टिभी हेरेर र साथीसंगीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एकछिन पनि फुर्सद हुँदैन,’ उनले भनिन् ।

नेपालगन्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाएकी छन् । उनले घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताइन् । थारु महिलाहरुले पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रे लगायतका सामान उत्पादन गरेर बजारमा पठाउँदै आएका छन् । थारु महिलाहरुले उत्पादन गरेका सामान नेपालगन्ज, काठमाडौं, पोखरा, बुटवल, अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्क जस्ता देशमा जाने गरेका छन् । ‘केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौंमै खपत हुन्छ,’ पञ्चशील हस्तकला केन्द्रकी अध्यक्ष निरुले भनिन् । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनले बताइन् । थारु महिलाहरुले थारु हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ,’ केन्द्रकी अध्यक्ष निरुले भनिन् । उनका अनुसार थारु महिलाले उत्पादन गरेका सामान वातावरणमैत्री समेत छन् ।

सड्ने, गल्ने भएकोले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र सहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ । नेपालगन्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ । नेपालगन्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन् । ‘नेपालगन्जमा उपहारको रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छौँ,’ नेपालगन्जका व्यवसायी सञ्जय थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission