ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

रामग्राम स्तुप प्रवद्र्धनका लागि “रामग्राम महोत्सव”

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

भ्गवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा माघ पूर्णिमाको अवसर पारेर रामग्राम महोत्सवको आयोजना हुने भएको छ । रामग्राम स्तुपको प्रबर्धन तथा रामग्राम स्तुपको अध्यात्मिक महत्वलाई आम जनसमुदायलाई बुझाउने उद्देश्यले रामग्राम स्तुप तथा पर्यटन विकास संस्थाको आयोजनामा सो महोत्सव गर्न लागिएको हो ।
विगत बर्षदेखि रामग्राम स्तुपमा बैशाख पुर्णिमामा बुद्ध जयन्ती मनाउँदै आएको र यो बर्षदेखि भगवान गौतम बुद्धले महापरिनिर्वाण घोषणा गरेको माघ पुर्णमालाई पनि सम्झने गरि माघ पुर्णिमाको अवसर पारेर महोत्सव गर्न लागिएको संस्थाले जनाएको छ । भगवान गौतम बुद्धले बैशालीमा हुदा माघ पुर्णिमाको दिन उनले भिच्छु आनन्दलाई आफु तिन महिना पश्चात बैशाख पुर्णिमाको दिन महापरिनिर्वाण लिने कुरा सुनाएका थिए । महापरिनिर्वाण लिन भगवान बुद्ध मल्लको राज्य कुशिनारा (हाल कुशिनगर) मा महापरिनिर्वाण लिए ।
महापरिनिर्वाण पश्चात उनको अस्तु बुद्धको मावली तर्फका प्राचिन कोलिय गणराज्यका राजाहरूले आफ्नो भागमा पाएको अस्तु ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरे । जुन कोलिय गणराज्यको राजधानी रामग्राम भएको हुँदा कोलिय राजाले बनाएको स्तुपलाई रामग्राम स्तुपको रूपमा चिन्ने गरिन्छ । त्यही रामग्राम स्तुपको प्रवर्धन गर्ने गरि महोत्सवको आयोजना गरिने संस्थागत निर्णय भई सकेको संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
माघ पुर्णिमाको एक दिन अगाडी देशी महोत्सवको शुरु गरिने र पुर्णिमाको भोली पल्ट सकिने गरि तिन दिने रामग्राम महोत्सव गर्ने तयारीमा अब संस्था जुटेको उनले बताए । महोत्सवमा भिच्छुहरूको सम्मेलन,भोजनदान,बुद्ध दर्शन,बुद्ध जिवनीमा आधारित बुद्ध लिला गर्ने जस्ता कार्यक्रम गरिने छ । त्यसै गरि महोत्सवमा भाग लिईनेलाई अध्यात्मिक अभ्यासका लागि बुद्धले खोज गरेको आनापान ध्यान अभ्यासका शिविर समेत सञ्चालन गरिने छ । स्तुप नजिकैको जलासय ब्यवस्थित गरि बोटिगँ गराउने योजना समेत बनिरहेको उपाध्यायले जनाए ।
रामग्राममा आउने पर्यटक तथा दर्शनार्थीलाई रामग्रामको अध्यात्मिक महत्व दर्शाउन सकिएको छैन्,उनले भने, भौतिक स्तुप मात्र हेरेर फर्कने गरेका छन् । सरकारी वेवास्ताका कारण ओझेलमा परेको रामग्राम स्तुप प्रवद्र्धनमा नगरपालिका लगायत अन्य सरकारी निकायले चाँसो नलिए पनि गैर सरकारी संघसंस्था, नागरिक समाज र स्थानियबासीको सहयोगमा सो महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । महोत्सवमा प्रतिनिधि मुलक भए पनि तत्कालिन अवस्थामा अस्तु लगेर स्थापना गरिएको स्तुप स्थलका भिच्छुहरूलाई उपस्थित गराउने लक्ष्य रहेको उपाध्यायले जनाए ।
अहिले रामग्राम स्तुप नजिकै कोरियन र थाई पैगोडा बन्ने क्रममा रहेको छ । त्यसै गरि स्तुप नजिकै बुद्धले खोज गरेको विद्या विपश्यना केन्द्र सञ्चालनका लागि रामग्राम विपश्यना केन्द्र समेत दर्ता भई निर्माणानिध अवस्थामा रहेको छ । रामग्राम स्तुपको महŒव झल्काउने केही विदेशी संस्था र गैरसरकारी संस्थाबाट काम भइरहेको भए पनि सरकारी निकायबाट अति आवश्यक रहेको उत्खनन कार्य डेढ दशक देखी रोकिएको छ । लुम्बिनी विकास कोष अन्तरगत राखिएको यो स्तुप क्षेत्र प्रति कोष पनि उदासिन रहेको हँुदा रामग्राम स्तुपको चाहिए जसो प्रवद्र्धन र विकास हुन सकेको छैन् ।
आधुनिक कालमा सन १८९६ मा पत्ता लागेको लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषको स्थापना भए पछि विकासले गति लियो । तर त्यसको लगत्तै दुई बर्ष पछि सन १८९८ मा अंग्रेज विद्धान डा.डब्लु होय ले रामग्राम स्तुपको पत्ता लगाए,तर यस क्षेत्रको विकासका लागि रामग्राम विकास कोष जस्ता कुनै सरकारी संरचना नबनेका कारण ओझेलमा परेको भनाई उपाध्यायको थियो । तर पनि आफ्नो क्षमताले भ्याएसम्म गैरसरकारी र स्थानियबासीको सहयोगले बुद्ध जयन्तीमा मेला आयोजना गर्ने गरिएको छ । त्यही क्रममा अहिले थप माघ पूर्णिमाको अवसर पारेर रामग्राम महोत्सवको आयोजना गर्न लागिएको उनले जनाए । यो महोत्सवमा सबैले सहयोग गर्न उनले अपिल पनि गरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission