© २०२३
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ प्रदेश नम्बर ५ को अध्यक्षमा कमल भण्डारी चयन भएका छन् । उनी बुद्ध कापि उद्योगका सञ्चालक तथा बुटवल टुडे दैनिक प्रकाशन संस्था बुटवल पब्लिकेशन प्रालिका समेत सञ्चालक रहेका छन् । प्रदेश समिति उपाध्यक्षमा, आशिष कुमार श्रेष्ठ, सचिवमा कमल नेपाल, सह सचिबमा बिष्णु खनाल, कोषाध्यक्षमा बासु पौडेल र सदस्यहरूमा श्रबण कुमार जैसवाल, रामचन्द्र कोइराला चयन भएका छन् । यस्तै यस्तै बुटवल क्षेत्रीय अध्यक्षमा नारायणप्रसाद न्यौपाने चयन भएका हुन् । उपाध्यक्षमा सुर्य पराजुली, सचिवमा बिष्णु कार्की, सहसचिबमा नारायण कार्की, कोषाध्यक्षमा अनिल पङेनी र सदस्यहरूमा कृष्ण घिमिरे र सुमित सिल्बाल, गणेश प्रसाद पाण्डेय, आनन्द कर्ण चयन भएका हुन् ।