© २०२३
नवलपरासी औद्योगिक ब्यपार मेला २०७५ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था उद्योग बाणिज्य संघले जनाएको छ । मंगलवार सर्बपक्षिय बैठकमा आयोजकले मेलाको तयारीबारे जानकारी गराउदै आयोजकको तर्फबाट मेला तयारी भइसकेको र सबै पक्षबाट मेलालाई सघाउनु पर्ने अनुरोध समेत गरेको हो ।
सदरमुकाम परासीको रामग्राम चोकदेखि करिब दुई सय मिटर दक्षिणमा जिससको जग्गामा मेलाको आयोजना गरिँदै छ । १ सय ५० वटा ब्यापारिक स्टल तथा बालउद्यान रहने छ । मंसिर १३ गते देखि २३ गतेसम्म लाग्ने उतm मेलामा सांस्कृतिक झलकहरूको प्रदर्शनी समेत गरिने छ । मेला अवधी भर मेलामा भोजपुरी कलाकार तथा स्टारको भोजपुरी गितको प्रतुती हुनुका साथै नेपाली लोकदोहरीका बेजोड प्रस्तुति हुने संघका अध्यक्ष केशव भण्डारीले बताए । मेलामा आउने भारतिय दर्शकका लागि भन्सारबाट उपलब्ध हुने सवारी पास सुविधालाई सहज र सरल बनाउन पनि आग्रह गरिएको थियो । त्यसै गरि पाल्हीनन्दन गाउपालिकाले महेशपुरमा लगाएको चुगिँकरको बेरियर हटाउनु पर्ने माग उठेको थियो ।
भारतबाट आउने दर्शक तथा अन्य यात्रु अतिथिलाई एक दिनको मात्र सवारी पास सुविधा दिँदै आएको तर राती भएर नेपालमै बास बस्न परेमा त्यसलाई आर्को दिनसम्म पनि सुविधा पासमा सहुलियत प्रदान गरिनु पर्ने राजपाका जिल्ला संयोजक मुकुर गिरीले माग राखेका थिए । अहिले भन्सारले गर्दै आएको कडाईका कारण यस्ता गुनासोहरू आउने हुदा त्यसको समाधानका लागि प्रजिअ देवेन्द्र लामिछानेलाई आग्रह गरेका थिए । मेला अवधीलाई भए पनि सिमा पारीका दर्शक यात्रीलाई सहज वातावरण बनाउनका लागि सम्बन्धित निकायसँग पहल गरिने प्रजिअ लामिछानेले जनाए ।
त्यसैगरि मेलाको सुरक्षा ब्यवस्थाका लागि सबै प्रबन्ध मिलाई सकिएको तर अझै पनि स्थानिय प्रशासन तथा शुरक्षा निकायले गर्नुपर्ने सहयोगबारे सहकार्य गर्नका लागि मेला आयोजकलाई प्रजिअ लामिछानेले आग्रह गरेका थिए । यो मेला सम्पुर्ण जिल्ला बासीका लागि गौरवको कुरा हो, उनले भने, यस मेलामा जिल्ला भरीका बासिन्दालाई अवलोकन गराउने वातावरण तयार गर्नु पर्छ । जिल्ला बाहिरका दर्शक तान्नका लागि ब्यवस्थापन गर्नु पर्छ । मेलामा रोजगारी सम्बन्धि तालिम, गोष्ठि तथा परामर्श कार्यलाई पनि निरन्तरता दिए अझ प्रभावकारी हुने उनको भनाई थियो । मेलामा विदेशी उत्पादन भन्दा स्वदेशी उत्पादनलाई महŒव दिइनु पर्ने तथा अत्याधुनिक प्रविधि देखी घरेलु प्रविधि समेत सिकाउने थलो मेला बन्नु पर्ने उनको तर्क थियो ।
उद्योग बाणिज्य संघले जिल्लामा पहिलो चोटी ब्यपार मेलाको आयोजना परासीमा गरेको थियो । त्यस पछि दुई पटक मेला सुनवलमा लगाइएको थियो । अहिले यो बर्ष पुनः मेलाको आयोजना सदरमुकाम परासीमा गरिएको छ । बन्द हडताल तथा राजनैतिक अस्थिरताका कारण सुनवलमा मेलाको आयोजना गर्दा सदरमुकामबासीले त्यस प्रति असन्तुष्टि जनाउँदै आएका थिए । त्यही भएर संघले यस बर्ष मेलाको आयोजना सदरमुकाममा गर्न लागेको हो । गत बर्ष पनि परासीमा औद्योगिक ब्यपार मेला लगाउने तयारी भएको तर अन्तिम समयमा मेला स्थगित भएको थियो ।