© २०२३
प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले स्टेशनरी तथा मसलन्द सामग्री उत्पादनको लागि आयात गरिने कच्चा पदार्थको भन्सार दर तयारी सामानहरू खरिद गर्नुभन्दा पनि बढि रहेको आफूले पाएको भन्दै यसलाई घटाउनको लागि सक्दो पहल गर्ने बताएका छन् ।
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बुटवल क्षेत्रीय समितिको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन एवम् प्रदेश ५ भेलाको सोमबार बुटवलमा समुद्घाटन गर्दै मन्त्री गिरीले विगत लामो समयदेखि जननिर्वाचित प्रतिनिधिहरू नभएकै कारण नीति निर्माण तहमा नपुगेकोले अहिलेको समस्या भएको भन्दै उनले उद्योग मैत्री वातावरण निर्माणमा सरहकार जहिले पनि सकारात्मक भएको बताएका थिए । उनले राजनीतिक अवस्थाको कारणले केही समस्या आएको भन्दै आगामी दिनमा अब यस्तो प्रकृतिको समस्या आउने वातावरणको सधैको लागि अन्त्य हुने बताए । आफ्नो स्वदेशमा भएका उद्योगहरूलाई टाट पल्टीने तर विदेशमा भएका उद्योगहरूले नाफा कमाउने वातावरण सधैको लागि अन्त्य गर्नुपर्ने मैन्त्री गिरीको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै उनले भने–‘अब कच्चा पदार्थ आयातमा लाग्दै आएको बढि भन्दा कर लाई हटाउनुको विकल्प छैन ।’ यसको लागि केन्द्रीय सरकार संग आफूले पटक पटक आग्रह गरेको मन्त्री गिरीको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग महासंघका केन्द्रीय अध्यक्ष शुनिल गोपाल श्रेष्ठले सरकारीले भूमि बैंक स्थापना गरी नयाँ उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताए ।
जग्गा अभाव र महँगो जग्गाको कारण उद्योग स्थापना गर्नको लागि समस्या भएको भन्दै उनले यसको लागि सरकारले बाँझो जग्गालाई लिएर त्यसमा व्यवसायीहरूले जग्गाको भाडा तिर्ने गरी उद्योग स्थापनाको लागि दिनुपर्ने माग राखे । उनले भने–‘उद्योगको जग्गा पाउन मुस्कील छ, सरकारले बाँझो जग्गा लिएर उद्योगीलाई निश्चित दरमा भाडा दिने र सरकारबाट उद्योगीहरूले जग्गा लिने वातावरण बनाउनु आवश्यक रहेको छ ।’
यस्तै कार्यक्रममा संघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश नम्बर ३ का अध्यक्ष निदेश श्रेष्ठले व्यापार घाटा कम गर्नको लागि सरकारले ठोस कदम अगाडि बढाउन नसकेकमो दुःख व्यक्त गरे । उनले उद्योग मैत्री वातावरण बनाउनको लागि सरकारले सोंच्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा केन्द्रीय महासचिव हरि भण्डारीले व्यवसाय मैत्री कानुन निर्माणको लागि सरकार संग माग गरे । कार्यक्रममा प्रदेश नम्बर ३ का अध्यक्ष रुद्र सुवेदी, गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, चितवन–नवलपुर क्षेत्रीय समितिका अध्यक्ष विशराज लामिछाने लगायतले बोलेका थिए ।
कार्यक्रममा बुटवल क्षेत्रीय समितिका अध्यक्ष नारायणप्रसाद न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उद्योगी व्यवसायीहरूमा रहेका तमाम समस्या समाधानको लागि सरकारले ठोस कदम अगाडि बढाउनको लागि आग्रह गरेका थिए । साधारणसभा तथा अधिवेसनबाट नयाँ नेतृत्व समेत चयन हुने संघका सचिव तथा प्रदेश नम्बर ५ भेला आयोजक मुल समितिका समेत सचिव कमल नेपालले जानकारी दिए । à