ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

पृथ्वीचन्द्र अस्पतालमा एस.एन.सि.यु.सेवा

११ मंसिर २०७५, मंगलवार
११ मंसिर २०७५, मंगलवार

जिल्लाको पृथ्वीचन्द्र अस्पतालले नवजात शिशुको विशेष उपचारका लागि उपकरण जडान गरेको छ । अस्पतालमा प्रसूति हुने संख्याको उल्लेख्य वृद्धिसँगै सिजेरियन सेक्सन (सिएस) अप्रेसनद्वारा प्रसूति गराउने कार्यले निरन्तरता पाएकोले प्रसूति पछि नवजात शिशुको उपचारका लागि उपकरण जडान गरि नवजात शिशुको विशेष सुरक्षित कक्ष (एस.एन.सि.यु.) सञ्चालनमा ल्याएको हो ।
अस्पतालमा पहिलो पटक स्पेसल न्युरोनेटर केयर युनिट सञ्चालनमा ल्याएर नवजात शिशुको उपचारको थालिनी गरिएको अस्पतालका प्रमेसु अनन्त कुमार शर्माले बताए । यसका लागि यो सेवाले नवजात शिशुको केही समस्या भए यहीँ अस्पतालमै उपचार गर्न सकिने भएको उनले जनाए । विगत भन्दा अस्पतालले आफ्नो सेवा गुणस्तरियतामा बिस्तारमा लागेर बिरामीलाई बढि भन्दा बढि सेवा प्रदान गर्ने लक्ष्य लिएर अगाडि बढेको छ ।
जिल्लामै पहिलो पटक यो सेवा शुरु गर्न लागिएको छ, प्रमेसु शर्माले भने, आईसियु सरह नै यसमा पनि नवजात शिशु तथा बालबालिकाको उपचार गर्न सकिने अवस्था सृजना भएको छ । युनिसेफ नेपालको सहयोगमा परिवार कल्याण महाशाखाले सो उपकरण उपलब्ध गराएको अस्पतालका अध्यक्ष शिव शंकर रायले जनाए । करिब २० लाख पर्ने २ सेट उपकरण जडानले नवजात शिशुमा समस्या देखिए विशेष कक्षमै राखेर केयर गर्न सजिलो भएको छ । हाललाई प्रसूति कक्षसँगै सो कक्षको ब्यवस्थापन गरिँदै छ । उपकरण सञ्चालन बारे प्रसूति कक्षका स्वाथ्यकर्मीलाई सिकाउने कार्य पनि भइरहेको छ ।
अस्पतालका प्रशासनका अनुसार अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक डा.अजेन्द्र यादवले चौबिसै घण्टा सेवा प्रदान गर्न थालेपछि छिमेकी जिल्ला तथा भारतबाट पनि सेवा लिन आउने गरेका छन् । मासिक सय भन्दा बढि महिलाको प्रसुति हुने, दुई दर्जन भन्दा पढि सि.एस. तथा पाठेघरको अप्रेसन समेत सेवा सुचारु भएको छ । निकट भविष्यमा बाँझोपन समस्याका स्त्रीको समेत उपचार तयारी भइरहेको छ । स्त्री तथा प्रसुतीसंगै बालरोग विशेषलाई पनि चाडै अस्पतालले ब्यवस्थापन गर्ने अध्यक्ष रायको भनाई थियो । बालरोगको उपचारमा सहायक हुने यो उपकरण अब अस्पतालमा उपलब्ध भई सकेको छ, उनले थपे, अब बालरोग विशेषज्ञको ब्यवस्था गरेर पृथ्वीचन्द्र अस्पतालको बालरोग सेवालाई प्रभावकारी बनाइने छ ।
यसैगरि हाड रोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भए पनि उनको आवास ब्यवस्थापन गर्न नसकिएर हाड सम्बन्धि शल्यक्रिया सञ्चालनमा केही समस्या देखिएको छ । चिकित्सकको आवास ब्यवस्थापन गरेर अस्पताल परिसरमै चौविसै घण्टा राख्ने ब्यवस्था भएपछि हाड रोग सम्बन्धी सेवा पनि प्रभावकारी बनाउने अध्यक्ष रायले दाबी गरे । केही करारका कर्मचारीले आवास खानी नगरिदिइने हुँदा हाडरोग विशेषज्ञको अवास ब्यवस्थामा समस्या देखिएको छ ।
गैरजिम्मेवार कर्मचारीका कारण उपचार सेवामा असर परे पनि त्यसको बैकल्पिक ब्यवस्था खोज्न पनि अस्पताल विकास समिति लागि परेको छ । विरामीको चाँप बढदै जादा बेड पनि थपिँदै गएको छ । अध्यक्ष रायका अनुसार अस्पतालको सुचना प्रणालीलाई पनि सुदृढिकरण लैजाने लक्ष्य अनुसार अस्पतालको आफ्नै वेभपेज,कम्युटर सप्टवेयर जडान तथा रेडियो कार्यक्रम समेत सञ्चालन गरेर प्रचार प्रसार गर्ने कार्यक्रम पनि रहेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission