ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

चन्द्रौटा महोत्सवमा दुई करोड बढीको कारोबार

११ मंसिर २०७५, मंगलवार
११ मंसिर २०७५, मंगलवार

कपिलवस्तुको चन्द्रौटामा जारी पाँचौं चन्द्रौटा महोत्सवको पाँचौं दिनसम्म दुई करोड बढीको कारोबार भएको छ ।
“कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ यही मंसिर ६ गतेदेखि संचालित महोत्सवमा १० गतेसम्म ५० हजार बढी दर्शकद्वारा महोत्सव अवलोकन गरिएको महोत्सवका प्रवक्ता जगत पौडेलले जानकारी दिएका छन् । महोत्सवका विभिन्न आकर्षणले दिनप्रति दिन दर्शकहरूको सहभागिता बढ्दो क्रममा रहेको महोत्सव प्रवक्ता तथा व्यापार संघ कपिलवस्तुका महासचिव पौडेलले बताए । पौडेलका अनुसार पाँचौं दिन मात्र ७ हजार दर्शकद्वारा मेला अवलोकन गरिएको र ३० लाखको कारोबार भएको छ ।
स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरूको प्रदर्शनीका स्टलहरूमा पनि दर्शकको भिडलाग्ने गरेको छ । भने बालउद्यान, राष्ट्रिय कलाकार, डान्स आइडल तथा हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्रको प्रस्तुतिले दर्शकलाई तानेको छ ।
यता पर्यटकीय स्थलहरूको प्रचार प्रचार गर्ने उद्देश्यले शिवगढी मन्दिर, सोनवागढ मन्दिर, जगदिशपुर ताल, तिलौराकोट लगाएतका धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनीले समेत दर्शकको मन खिचेको छ । यसैगरी नेपालकै सबैभन्दा होची युवतीलाई हेर्न समेत दर्शकको घुइँचो लाग्ने गरेको स्टल संयोजक नवराज न्यौपानेले बताएका छन् ।
महोत्सवको मुख्य आकर्षण बनेको पाँचौ चन्द्रौटा डान्स आइडलमा ९ जनाले प्रतिष्पर्धा गरेका छन् । दर्शकको टिकटको भोट देशका बिभिन्न स्थानबाट एस.एम.एस.बाट दिएको भोटको आधारमा डान्सको नतिजा निकालिने गरिएको छ ।
महोत्सवको पाँचौ दिनमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षकमा पप गायक मिग्मा सेर्पा, लोक आधुनिक गायक दिपक भण्डारी, हरिमाया रायमाझी, श्रीधर अधिकारीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै मंसिर ११ गते मंगलबारका दिन लोक गायिका प्रीति आले, नारायण लेकाली, मिलन बिसी लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिएका छन् । यसैगरी मंसिर ११ र १२ गते थारु सांस्कृतिक नृत्य प्रतियोगिताले समेत महोत्सव तताउने आयोजकको विश्वास रहेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission