© २०२३
रूपन्देहीमा विशेष क्षमता भएका (अपाङ्गता) भएका व्याक्तिहरूको एक मात्र सहकारी आकर्षण बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ७ भलवारी रूपन्देहीको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष ओम प्रकाश गैरेले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्स्तुत गरेका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका ७ का वडा सदस्य देविलाल पंगेनीले बोल्दै पंगेनीले कुनै पनि व्याक्ति कमजोर नहुने भन्दै विशेष क्षमता भएका व्यक्तिहरूको समाजमा महत्वपूर्ण योगदान दिन सक्ने बताएका थिए ।
कार्यक्रममा भलवारी जेसिजका का अध्यक्ष गोविन्द पंगेनी भलवारी जेसिजका संस्थापक अध्यक्ष तथा एसियन लाईफ ईस्यारेन्स कम्पनी क्षेत्रीय प्रबन्धक कृष्ण कुमार पुरी, सञ्जीवन शिक्षा सदन विद्यालयका प्रधानाध्यापक सुदिर गुरुङ्ग, देवराज ज्ञवाली, सुज थापा, डा. ओम शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यालय सचिव निशा भण्डारीका अनुसार साधारण सभा डा. ओम शर्मा, सुरज थापा, कृष्ण प्रसाद खनाल, निशा भण्डारी, समुन बलामी, सिमा थापा पुरी लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारीमा १ सयस ९२ जना महिला र ३ सय ४३ जना पुरुष गरी कुल ६ सय ३ जना शेयर सदस्यहरू रहेका छन् ।