ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

बढी कर तिर्ने करदाता सम्मानित

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

आन्तरीक राजश्व कार्यालय बुटवल र आन्तरीक राजश्व कार्यालय भैरहवाले आफ्नो कार्यक्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने करदातालाई शुक्रवार सम्मान गरेको छ ।
बुटवल कार्यालय मातहत रहेका रूपन्देहीको उत्तरी क्षेत्रबाट बुटवल स्थित कम्युनिटी डेभलपमेण्ट बैक, पश्चिम नवलपरासीको उत्तरी क्षेत्रबाट बर्दघाट स्थित किसान पाइप इण्डष्टिज प्रालि, पाल्पाबाट रामपुर स्थित अन्धकार मुक्ति र गुल्मिको रेसुगां स्थित मैत्री बहुउद्देश्यीय सहकारी सस्था तथा भैरहवा कार्यालय मातहत रहेका रूपन्देहीको दक्षिणी क्षेत्रबाट कोटीहवा स्थित जनउत्थान बचत तथा ऋण सहकारी सस्था र पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रबाट रामग्राम स्थित ओम चिउरा उद्योगलाई सम्मान गरीएको हो । रूपन्देहीको मणिग्राममा दुबै कार्यालयले संयुक्त कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई दोसल्ला ओढ्याई सम्मान पत्रबाट सम्मान गरेका हुन् । उनीहरूलाई रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, प्रदेश नम्वर ५ को आर्थिक मामिला मन्त्रालयका सचिव स्थानेश्वर गौतम, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, आन्तरीक राजश्व कार्यालय भैैैरहवाका प्रमुख देबि प्रसाद भण्डारी र बुटवल प्रमुख अर्जुन ढकालले सम्मान गरेका थिए ।
सोही कार्यक्रममा कर सप्ताहका अवसरमा बुटवल कार्यालयले आयोजना गरेको निबन्ध लेखन र भैरहवा कार्यालयले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरूलाई पुरस्कृत गरीएको थियो । निबन्धमा क्यानन माबिका बिक्रम भण्डारी प्रथम, मणिमुकुन्द माबिका अस्मिता पौडेल द्धितिय र एम्स कलेजका बिनु भाट क्षेत्री तृतीय तथा बक्तृत्वकलामा लिलाराम माबिका महिमा बस्नेत प्रथम, रूपन्देही क्याम्पसका देवपाल उपााध्याय द्वितीय र बृहस्पती कलेजका रञ्जना अर्याल तृतीय भएका थिए । प्रथमलाई १० हजार रूपैया, द्धितीय हुनेलाई ७ हजार र तृतिय हुनेलाई ५ हजार रूपैयाँ सहित पुरस्कृत गरीएको थियो ।
कर सप्ताह समापनका अवसरमा बोल्ने बक्ताहरूले करदाताले थाहै नपाई कर तिर्ने वातावरण श्रृजना गर्नुपर्ने र तिरेको कर सहित ठाउमा प्रयोग भएको छ भन्ने प्रत्याभूति आफुहरूले पाउनु पर्ने बताएका थिए । त्यस्तै कर्मचारीहरूले सकेसम्म व्यवहारीक बैज्ञानिक कर लगाएर व्यवसायीलाई कारोवार गर्ने वातावरण बनाउँदै गएको बताएका थिए ।
कार्यक्रममा बोल्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले कुनै पनि सामान किन्दा बिल लिने र बिक्रि गर्दा बिल दिने सस्कारको बिकास गरेर सबै कारोवारलाई बैध बनाउन सके करको दायरा बढन सक्ने बताए । आर्थिक मामिला मन्त्रालयका सचिव थानेश्वर गौतमले प्रदेश सरकारको गठन पश्चात सबैतिर करको हौवा फैलाईए पनि प्रदेशले कर लगाउने भन्दा पनि नीति बनाउने काम गरीरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले करदातालाई उसले तिरेको करको आधारमा उसलाई समस्या पर्दा वा कारोवार गर्न नसक्ने भएपछी उचित सुबिधाको ग्यारेण्टी राज्यले गर्न सके करको दायरामा धेरै नागरीक आउने बताए । बरिष्ठ चार्टड एकाउटेण्ट शिवहरी शर्माले करमैत्री वातावरण भन्दा आर्थिक अराजकता बढीरहेको दाबी गर्दै आफनो आर्थिक हैसियत भन्दा बढीकोगाडी चढने, घर बनाउने वा अन्य खर्च गर्ने उद्योगि र कर्मचारीहरूलाई सरकारले कडाई गर्नुपर्ने बताए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, नेपाल कम्युनिटी डेभलपमेण्ट बैकका अध्यक्ष पशुपति घिमिरे, जन उत्थान बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ज्ञानु पौडेल, आन्तरीक राजश्व कार्यालय भैरहवाका प्रमुख देबि प्रसाद भण्डारी, बुटवल प्रमुख अर्जन ढकाल, अधिकृत हिमाल गौतमले अहिलेको कर प्रणाली र सुधार गर्नुपर्ने उपायका सम्वन्धमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission