ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा

चुरे वनको जैविक मलजलको उपयोग कहिले ?

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

नवलपरासी,फागुन
चुरे तराईको बन र खोलानाला मल र जलको भण्डार हुन सक्ने अपार सम्भावना बोकेको भए पनि सरकारी निकाय त्यस प्रति उदासिन देखिएको सरोकारवालाले बताएका छन् । चुरे तराईको बन संरक्षण र ब्यवस्थापन मात्र गरे तराई मधेशको भुमिलाई आवश्यक पर्ने जैविक मल र सिचाई जल आपुर्ति हुन सक्ने आधार बनाउन सक्ने सरोकारवालाले त्यस प्रति सरकारी उदासिनता अहिलेसम्म रहेको बताएका हुन् ।

किसानलाई पनि चुरेको मल र जलबारे जनचेतना बढाउन नसकि आयातित रासायनिक मल र भुमिगत जल प्रति अभिप्रेरित गर्नु दुर्भाग्य पुर्ण रहेको संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजलले बताएका हुन् । राष्ट्रिय सिचाई जल उपभोतmा महासघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद हरिजनले यसबारे आफुले सदनमा पटक पटक उठाउदै आएको तर संसद र सरकार एक कानले सुन्ने र आर्को कानले उठाउने प्रवृतिका कारण त्यसबारे समान्य खोज अनुसंधान समेत हुन नसकेको बताए । चुरेबाट बग्ने सयौ खेलानालाहरुबाट बर्षायाममा पर्ने पानी बगेर ठूला नदी हुदै बंगालको खाडी पुग्छ,तर ति जल भण्डार गर्न नेपाल सरकारले सामथ्र्य बनाउदैन् । बनजंगलमा भएका पात पतिगँरका कारण बनमा बन डढेलो लागेर हजारौ हजार हेक्टर बन नष्ट हुन्छ । अमुल्य जडिबुटी देखी बन्यजन्तु जलेर समुल नष्ट हुने गरेको छ । तर तिनै पात पतिगँरलाई कम्पोष्ट मल बनाउन सरकारले प्रोत्साहित गर्दैन् । कृषि क्षेत्रमा काम गर्ने सरकारी निकाय पनि आफ्नो मल र जलको स्रोत पहिचान गर्न छाडेर विदेशी रासायनिक मलको खोजमा लाग्छ । खेती गर्ने समयमा नत समयमा मल पुर्याउन सक्छ,नत जलको आपुर्ति गर्न सक्छ । कृषिमा आत्म निर्भर बन्ने खोक्रा नारा मात्र बोलेर आद्यानमा आत्म निर्भर त के दिन प्रति दिन झन आयात बढाउने कार्यमा सरकारी अधिकारी तल्लिन छन् । अवधारणा ल्याइयो भने त्यसबारे कहिलै पनि मनन नहुने हुदा नेपालमा पुराना नारा नारामा मात्रै सिमित हुन पुगेको उनको भनाई थियो ।

हरियो बन नेपालको धन,नेपाल कृषि प्रधान देश जस्ता पुराना नारा इतिहास बन्दै छन, उनले भने,तर अबका युवा पुस्ताले यसलाई पुनः मनन गरेर आत्म सात गरि आफ्नै भुमिमा कृषिका लागि आवश्यक मल र जलको भण्डार खोज्नु पर्छ । कृषिका लागि प्रमुख सर्त मल र जल भएको र प्रकृतिले नेपालको तराई मधेशका लागि अझै पनि प्रयाप्त मात्रामा ति मल र जलको भण्डार गर्न सक्ने अवस्था भएको हुदा त्यस तर्फ लाग्न आग्रह पनि गरेका थिए । बाली चक्रमा पनि हिउँदे र बर्षे दुई बाली परापुर्वकाल देखी लगाउदै आएको तर जनसंख्या वृद्धि बढदै जादा परम्परागत रुपमा दुई बाली चक्रले खाद्यान पुर्याउन नसक्ने हुदा तेश्रो चक्रको रुपमा गर्मियामका खेती पनि विकल्प बन्न सक्छ,उनले भने,तर त्यसका लागि मल र जलको प्रबन्ध मिलाउन आवश्यक छ । ति मल र जलको स्रोत चुरे तराईका जंगल र खोलानाला अझै पनि विद्यमान छन् । उनले बन क्षेत्रमा खस्ने रुख विरुवाका पात पतिगँर संकलन गरेर कम्पोष्ट मलको रुपमा जैविक मलको प्रयाप्तता बढाउन सकिन्छ । बर्षायामको अन्तिम समयमा चुरेबाट बग्ने खोलानालाका पानी खोलामा भण्डारण गरि गर्मियाम खेतीका लागि पानीको स्रोत पहिल्याउन सकिन्छ । त्यसमा थोरै सरकारी लगानी र युवाहरु जागरुक हुनु पर्छ । कृषि जन्य उद्योगका उद्योगी ब्यवसायिले पनि त्यस तर्फ ध्याउन पुर्याउनु पर्ने उनको तर्क थियो ।

प्रति कट्ठा यदि दुई क्वीन्टल पात पतिगँर संकलन हुन्छ । त्यसको पचास प्रतिसत एक क्वीन्टल कम्पोष्ट जसरी पनि तयार हुन्छ । यसका लागि नवलपरासी जिल्लामा मात्रै २१ हजार ८ सय ५७ हेक्टर बन क्षेत्र छ । त्यसबाट सरदर १३ लाख ११ हजार ४ सय २० क्वीन्टल पातपतिगँर संकलन हुन सक्छ । त्यसको ५० प्रतिसत कम्पोष्ट मल बन्यो भने ६ लाख ५५ हजार ७ सय १० क्वीन्टल कम्पोष्ट मल बन्छ । कम्पोष्टको जैविक मल बन्छ । जैविक मल नै बजारमा ३० रुपिया देखी ५० रुपिया प्रति केजीको दरले पाउने गरिएको छ । त्यो मलको मुल्य नै सरदर ४० रुपियाले कुल २ करोड ६२ लाख २८ हजार ४ सय रुपिया हुन्छ । जुन कम्पोष्ट गर्मियाममा बनको पातपतिगँर डढेलो लागेर नष्ट हुने गरेको छ । बेलामै ति पातपतिगँर संकलन गराउन सकियो भने हजरौले रोजगारी पाउने करोडौको मल हुने र बन डढेलोबाट बन जोगाउन सकिने अवस्था हुन सक्ने तथ्य उनले सुनाएका थिए । यो अवस्था नवलपरासी पश्चिमको हो,अझ यो भन्दा ठूल्ठूला जिल्ला छन् । बन क्षेत्र पनि धेरै छ । त्यहा यो भन्दा बढि पनि जैविक मलको स्रोत भएको उनले औल्याए । बनको पातपतिगँर जैविक मलको स्रोत बन्न सक्ने सम्भावना सही भएको डिभिजन बन कार्यालय नवलपरासीका सहायक बन अधिकृत डिलाराम पौडेलले बताए । यसका लागि ठोस योजना बनाएर बन डिभिजन कार्यालय र सामुदायिक बनसँग समन्वय गरि गर्न सक्ने उनको भनाई थियो । मल मात्रै होईन उनले खोलानालाको जल भण्डार गर्न सकियो भने एउटा खोलामा मात्रै करोडौ लाखौ घन लिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ । ति जल भण्डारलाई असोज महिना देखी नदीमा भण्डारण गरि राख्ने र पुर्वपश्चिम राजमार्ग जोड्ने उत्तर दक्षिणको प्रत्येक सडकको किनारबाट पाईपलाईन मार्फत तराईको भारतिय सिमावर्ति क्षेत्रसम्म पुर्याउन सकिन्छ । सतही जलको रुपमा प्रयोगमा उतm जल भण्डार ल्याउन सकिन्छ ।

सतह मिलेन भने लिफ्ट मार्फत पनि ति पानी लैजान सकिन्छ । सरकारले स्रोतको पहिचान र ब्यवस्थापनको लागि सामथ्र्य जुटाउनमा लाग्नु पर्छ । मल र जलको प्रबन्ध मिलाइयो भने तराई मधेशका भुमिमा दुई बाली मात्रै नभई तिन बालिको लिन सक्ने प्रबल सम्भावना रहेको उनको भनाई थियो । सुनवलको भुमही खोलाको पुर्वपश्चिम राजमार्ग नजिकै यदि दुई मिटर अग्लो बाँध बनाईयो भने त्यसमा मात्रै ५० हजार घनमिटर पानी भण्डार हुन सक्छ । बाँध लगाएको २ मिटर माथि पानी भयो भने सो पानी ओफर फ्लो भएर निरन्तर बगि नै रहन्छ तर ति खोलामा हजारौ घनमिटर पानीलाई लिफ्ट मार्फत नै भुमही भैरहवा सडकको किनारबाट पाईप मार्फत पानी परासीसम्म ल्याउन सकिन्छ । त्यसले भुमही देखी परासीको विचको भुमिमा सिचाई गर्न प्रयाप्त हुन्छ । यो एउटा उदाहरण मात्रै हो,उनले भने, यस्ता खोलानाला नवलपरासीमै दुई दर्जन बढि छन् । नेपालको तराई मधेशमा हजारौको संख्यामा यस्तो जल भण्डारका अवसरहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?