© २०२३
नेपालगन्ज,२८ चैत्र ।
बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भिषण हावाहुरीले धेरै ठाउँका बिद्युत पोलहरु ढालेर क्षतिग्रस्त बनाएकोले बुधवार रातीबाटै नेपालगन्ज लगायत जिल्लाका बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका पोल र तारहरु ढालेर क्षति पु¥याउँदा विद्युत सेवा अवरुद्ध भएको बताए । उनले बुधवार रातीबाटै बिहिबार विहानसम्म हावाहुरीसंगै बर्षासमेत भएकोले राती काम गर्न नसकिएकोले मर्मत सम्भार र बिद्युत सुचारु गर्न नसकिएको बताए ।
हावाहुरीका कारण कोहलपुर नेपालगन्ज डबल सर्किट ३३ केभीको मेनलाइनका केही पोलहरु ढलेर क्षतिग्रस्त भएको तथा केही क्य्राक भएको तथा टावरहरुमा समेत क्षति पुगेकोले सो मर्मत सम्भारको काम शुरु गरिएको वितरण केन्द्रका प्रमुख लामिछानेले बताए । उनले भने, अझैपनि प्राविधिक टोली फल्ट खोज्नमै लागेकोले पहिले फल्टहरु खोजेर फेरी मर्मत गरिने बताए ।नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार नेपालगन्ज कोहलपुर मुख्य लाइनमा तीन, डुडुवा गाउँपालिकामा पाँच, खजुरामा एक र नरैनापुरमा एक तथा नेपालगन्ज बजार भित्र चार वटा पोलहरु ढलेर क्षतिग्रस्त भएको जानकारी आएको छ । बितरण केन्द्रबाट प्राविधिकहरुको टोलीलाई परिचालन गरेर ढलेका पोलहरुको मर्मत सम्भारमा खटाईएको जनाइएको छ ।
बिहीबार विहान फेरी हावाहुरी आएको र वर्षा समेत भएकोले क्षतिको खोजी र मर्मत सम्भारको कार्य पनि अवरुद्ध हुन जाँदा बिद्युत सुचारु गर्न नसकिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । अहिले फल्ट खोजीसंगै मर्मतसम्भार र चुडिएका तार जोड्ने कार्य तिव्र गतिमा भइरहेकोले नेपालगन्ज बजारको विद्युत छिटैसुचारु हुने नेपालगन्ज बितरण केन्द्रका प्रमुख लामिछानेले बताए । उता, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा क्षति हुँदा जिल्ला जिल्लामा बिद्युत अवरुद्ध भएको र क्षति संकलन तथा मर्मतको काम भइरहेको जनाएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी