© २०२३
बंगलादेशमा निर्मित रनर मोटरसाईकले पाल्पामा कारोवार शुरु गरेको छ । रनर मोटरसाईकल विक्रि कक्षको पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले रिवन काटेर शुभारम्भ गरे ।
बंगलादेशमा १८ बर्ष अघि देखी उत्पादन शुरु भई उत्कृष्ठ बाण्ड बनाएको रनर मोटर साईकल एक बर्ष अघि देखी नेपालमा रमर मोटर प्रा.लि.ले भित्राएको हो । २ महिना अघि बुटवल क्षेत्रमा कारोवार शुरु गरेको रोयल मोटर्स कर्प प्रा.लि. ले २०७५ मंसिर ५ गते गते तानसेनको मेहलधारमा कारोवार शुरु गरेको छ ।
कम्पनीले पाल्पा बाट ८ प्रकारका मोटरसाईकल विक्रि शुरु गरेको छ । कम्पनीले ८० सिसी देखी १५० सिसी सम्मका मोटरसाईकल विक्रि गर्दै आएको छ । तराई देखी हिमाल सम्मका कच्ची तथा पक्कि सडकहरू लाई केन्द्रित गरेर मोटरसाईकलको डिजाईन गरिएको कम्पनीले जनाएको छ । नेपालमा भएका अन्य बाईक कम्पनीहरूले भन्दा रनर बाईको वारेन्टी समय बढी भएको, नेपालमा सवैभन्दा सस्तो बाईक रूपमा रनर बाईक लाई लिने गरिन्छ । ६ बर्षको वारेन्टी, ८० सीसीको बाईक आर टी मोडल १ लाख २७ हजार रूपैयामा उपभोक्ताले किन्न सक्ने रोयल मोटर्स कर्प प्रा.लि.का हुमबहादुर चिदीले बताए ।
रनर मोटरसाईकल अन्तरगत नेपालमा बिक्री हँुदै आएका मध्ये बाईक आर टी ८० सिसीको मुल्य १ लाख ५२ हजार, एडी ८० डिलक्सको ८० सिसीको मुल्य १ लाख ६५ हजार, चीटा १०० सिसीको मुल्य १ लाख ६९ हजार, रोयल प्लस ११० सिसीको मुल्य १ लाख ८९ हजार रहेको छ । हाल कम्पनीले यी चार वटै मोडलमा नगद २५ हजार छुट दिएको जनाएको छ । यसैगरी काईट प्लस ११० सिसीको १ लाख ८९ हजार, बुलेट १२५ सिसीको १ लाख ९५ हजार, टुर्वाे १२५ सिसीको मुल्य २ लाख ३० हजार र नाईट राईडर १५० सिसीको मुल्य २ लाख ४५ हजार रहेको यी मोडलमा नगद १० हजार देखी ५० हजार सम्मको स्क्रयाच कुपन रहेको कम्पनीले जनाएको छ ।