© २०२३
रोल्पा, फागुन- रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. २ का विद्यार्थीहरु दैनिक ५ घण्टा हिडेर विद्यालय जान वाध्य छन । घर नजिक विद्यालय नहुदा पढ्नकै लागी उनीहरु दिनहुँ लामो दुरी यात्रा गरि विद्यालय जान वाध्य भएका हुन ।
कक्षा ५ सम्म आफ्नै गाउँको विद्यालय अध्ययन गर्ने उनीहरु कक्षा ६ पढ्नका लागी भने सोही वडाको अर्को गाउँ जानु पर्छ । कक्षा ९ देखी माथिल्लो कक्षा पढ्नका लागी त उनीहरु अर्को वडामा रहेको विद्यालय जानु पर्छ । भौगोलिक हिसावले दुर्गम र क्षेत्रफलको हिसावले जिल्लाकै सवभन्दा ठूलो वडा मानिने सो वडामा माध्यमिक तहको विद्यालय नहुदा विद्यार्थीहरुले पढ्नकै लागी यस्तो सकस भोग्नु परेको हो ।
एउटै वडाको एक गाउँवाट अर्को गाउँ जान घण्टौ लाग्ने सो वडाका एक गाउँका विद्यार्थी अर्को गाउँको विद्यालय जान घण्टौ लगाएर हिड्नु पर्दछ । वडा भित्रकै अर्को विद्यालय जाँदा आउँदा ४ घण्टा समय लाग्छ जनता आधारभूत विद्यालय वासाधाराको कक्षा ६ मा अध्ययनरत सीता वुढागमरले भनिन । चार घण्टा हिडेर विद्यालय आवतजावत गर्दा घरमा पढ्ने समय हुदैन, विहान वेलुका वचेको समयमा घरको काम गर्नु पर्छ उनले भनिन । कहिलेकाँही त घरको काम गर्दा गर्दै विद्यालय जाने समय पुग्दैन जसले गर्दा पढाई समेत छुट्ने गर्दछ वढामगरले भनिन । विद्यालय जान ढिला भयो भने गयल परिन्छ उनले भनिन ।
वडा नं ३ वाहिरी गाममा रहेको विद्यालय जाँदा त दैनिक ५ घण्टा सम्म हिड्नु पर्ने अभिभावकहरुको भनाई छ । दिनहुँ ५ घण्टा हिड्दा थाकेका हुन्छन पढ्ने समय पनि हुदैन कसरी पास होउन भित्रि गामका दिलसरा विकले भनिन । टाढाको विद्यालय जाँदा वर्षातको समयमा ढुंगा पल्टेर चोट लाग्ने तथा पहिरोमा पर्ने उत्तीकै जोखिम हुन्छ विकले भनिन । वाहिरी गाममा रहेको जनता माविको कक्षा १० मा अध्ययनरत आफ्नो छोरीलाई वाटो माथिवाट आएको ढुंगाले नाकमा लाग्दा नाकेश्वर विग्रीएको विकको भनाई छ । पढाईकै लागि विद्यार्थीहरुले ज्यान हत्केलामा राखेर विद्यालय आवतजावत गर्न वाध्य भएको अभिभावकहरुको भनाई छ ।
विद्यालय टाढा हुदा धेरै विद्यार्थी पढाई निरन्तरता दिन सक्दैनन सुनछहरी गाउँपालिका २ भित्रिगामका सामाजिक अगुवा अमन वुढामगरले भने । भौगोलिक हिसावले दुर्गम र हिडेर टाढाको विद्यालय जानु परेका कारण माथिल्लो कक्षा अध्ययन गर्नेहरुको संख्या कम हुदै गएको देखिन्छ वुढामगरले भने । साविकको गाम गाविसलाई २ वटा वडा वनाईए पनि भित्रि गाममा आधारभूत र माध्यमिक विद्यालय स्थापना गर्न कसैको ध्यान गएन वुढामगरले भने ।
७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा १ संस्थागत र ३२ सामुदायिक सहित ३३ वटा विद्यालय छन । जसमा ९ मावि, ९ आधारभूत र १४ प्राथमिक विद्यालय छन । गाउँपालिकामा ३ वटा दश जोड दुई कक्षा चलेका छन भने एउटा सामुदायिक विद्यालयमा डिप्लोमा तहको पशु विज्ञान विषय पढाइ हुने गर्दछ ।
ण्ण्