ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान
मुख्य खबर

टेम्पोमाथि बुटवल उपमहानगरको ज्यादती : निर्णय उल्टाउंदै दर्ता गर्न आलटाल, ५ हजार जरिवाना असुली

२४ फाल्गुन २०७९, बुधबार
२४ फाल्गुन २०७९, बुधबार

बुटवल, २४ फागुन । बुटवल उपमहानगरपालिकाले आफैले गरेको निर्णय विपरित टेम्पो दर्ता नगरी ज्यादती गरेको चालकहरुले गुनासो गरेका छन् ।
२०७५ सालमा ३० वटा टेम्पो नगरभित्र सञ्चालन गर्न दिने निर्णय गरेको उपमहानगरले विभिन्न बहानामा १४ वटा टेम्पो दर्ता नगरी महंगो जरिवाना असुलेर चल्न नदिंदा स्वरोजगार मजदुरहरु समस्यामा परेको समेत उनीहरुको गुनासो छ ।
उपमहानगरले ई रिक्सा भने पहिले गरेको निर्णयमा उल्लेख संख्या भन्दा धेरै दर्ता गरेको तर टेम्पोमाथि विभेद गर्दा  ज्यादती भोग्नुपरेको टेम्पो चालकहरुको गुनासो छ ।
नगरपालिकाले ई रिक्साको हकमा रुपन्देही जिल्लामा बसोबास भएकालाई दर्ता गरिदिने तर टेम्पोको हकमा बुटवल उपमहानगरभित्र बसोबास गरेको हुनुपर्ने विभेदकारी निति बनाएर अनुमति पाएका संख्यामा समेत कटौति गरेर अन्याय गरेको तिनाउ टेम्पो यातायात प्रालिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
उपमहानगरका कर्मचारीले टेम्पोलाई दर्ता नभएको भन्दै ५ हजार जरिवाना असुल्ने गरेको छ । जबकि १०–१५ टन ओभरलोड बोक्ने ट्रकहरुलाई समेत अधिकतम २ हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।
टेम्पो चालकहरुले सवारी साधन यातायात कार्यालयबाट रुट परमिट,जांच पास र पञ्जीकृत लगायत सबै प्रकृया पूरा गरी कर समेत तिरेको अवस्थामा स्वतः चल्न पाउनुपर्ने नियम विपरित बुटवल उपमहानगरपालिकाले पुनः आफूकहां दर्ता नगरी चल्न नदिने भनेपछि मजदुरहरु समस्यामा परेको टेम्पो चालक जिवलाल भुसालले गुनासो गरे ।
यातायात व्यवस्था कार्यालय लुम्बिनीबाट सबै कानूनी प्रकृया पूरा गरेका टेम्पोहरुलाई बुटवल उपमहानगरले ५ हजार रुपैयां जरिवाना गरेर ज्यादती गरेको भुसालले दुखेसो पोखे ।
१० –१५ टन ओभरलोड बोक्ने ट्रकहरुलाई समेत जरिवाना स्वरुप अधिकतम २ हजार जरिवाना हुने कानूनी व्यवस्था रहेपनि स्वरोजगार मजदुरले चलाउने टेम्पोलाई एकपटकमा ५ हजार जरिवाना लिएर उपमहानगरले चरम अन्याय गरेको भुसालले गुनासो गरे ।

‘दिनभरमा एकहजार पनि आम्दानी हुंदैन तर उपमहानगरका कर्मचारीले मानवीय संवेदनशीलता समेत बिर्सेर ५ हजार जरिवाना असुल्छन्’–टेम्पो चालक पुष्पा न्यौपानेले भनिन्–‘घरमा आम्दानीको अरु बाटो छैन, दुई छाक टार्न र बालबच्चा पढाउन टेम्पो चलाएर गुजारा गरौं भन्दा पनि गरिखान दिएनन्, त्यहीमाथि कहीं नभएको जात्रा हांडी गाउंमा भने झैं टेम्पोबाट ५ हजार जरिवाना असुल्छन् ।’

मजदुर नेता बागबहादुर बुढामगरले ई रिक्सा र टेम्पोलाई उपमहानगरले समान नीति र व्यवहार गर्नुपर्नेमा पक्षपातपूर्ण व्यवहार गर्दा स्वरोजगार मजदुरहरु बिचल्लीमा परेको गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी,ट्राफिक प्रहरी प्रमुख समेतको वैठकमा उपमहानगरले प्रदुषण चेकजांच गरेर आए १४ वटा टेम्पो तत्काल दर्ता गरिदिने बताएपनि प्रदुषण चेकजांच गरेर जांदा पनि दर्तामा आलटाल गरेर दुख दिने गरेको बुढाले बताए ।
प्रदुषण चेकजांचमा ठीकठाक भएको प्रमाण पेश गर्दा पनि राजस्व शाखाका कर्मचारीले फेरि अर्को बहाना बनाएर नगर बाहिर बसोबास गर्नेहरुका टेम्पो नगर्ने भन्दै पन्छिएको उनले बताए ।
नगरभित्र गैर कानूनीरुपमा सञ्चालित टेम्पोहरुलाई प्रालिले करको दायरामा ल्याई व्यवस्थित गर्ने जिम्मेवारी माग्दा समेत उपमहानगरपालिकाले बेवास्ता गरेको र यसबाट हुने दुर्घटना र अन्य समस्याप्रति उपमहानगर गैरजिम्मेवार देखिएको बुढाले बताए ।
नगरभित्र करिब सय वटा टेम्पो सञ्चालनमा रहेपनि प्रालिले उपमहानगरले गरेको निर्णय अनुसार ३० वटामात्रै दर्ता गरिदिन अनुरोध गर्दा पनि नगरेर आफूहरुमाथि अन्याय गरेको टेम्पो चालक पुष्पा न्यौपानेले बताइन् ।
बुटवल उपमहानगरका कर्मचारी ई रिक्सा र टेम्पो हेर्ने अधिकारी डोलराज पौडेलले टेम्पो चालकहरुले उपमहानगरले तोकेको मापदण्ड र कागजपत्र पूरा नगरेकाले केही टेम्पो दर्ता नगरेको र दर्ता विना चलेका टेम्पोलाई प्रशासनिक कारवाही वापत ५ हजार लिने गरेको स्वीकार गरे ।
रुपन्देही नागरिक समाजका अध्यक्ष इश्वरी चापागाई बुटवल उपमहानगरले टेम्पो चलाएर गुजारा गर्ने निम्न वर्गका स्वरोजगार मजदुरमाथि अचाक्ली महंगो जरिवना असुलेर अमानवीयताको पराकाष्ठा देखाएको टिप्पणी गरे । ‘उपमहानगरपालिकाले आफुखुशी ऐन कानून बनाएर स्वरोजगार भएर बांच्न पाउने नागरिकको अधिकार हनन् गर्न पाउंदैन’–चापागाईले भने–उपमहानगरले यस्ता विभेदकारी र अन्यापूर्ण नीति नसच्याए कानुनी उपचार खोज्नुपर्ने हुन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?