ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तिलोत्तमा मेला आजदेखि

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

तिलोत्तमा व्यापार संगठनको मुख्य आयोजनामा बिहीबारदेखि मणिग्राममा तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव हुँदै छ । व्यापार मेलाको प्रदेश नं ५का मुख्यमन्त्रि शंकर पोखरेल गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन ।
तिलोत्तमामा हुन लागेको तेस्रो व्यापार मेला हो । यसअघि २०७३ सालमा तिलोत्तमा उद्योग बाणिज्य संघ र गतवर्ष तिलोत्तमा व्यापार संघले मेलाको आयोजना गरेका थिए । मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।
मेलाको तयारी बारे जानकारी दिन बुधबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सत्यव्रत ज्ञवालीले मेलामा साढे तीन सय स्टल रहने र अरू तयारीका काम सकिएको जानकारी दिए । कुल स्टल मध्ये उद्योगका १२५, व्यापारतर्फ १ सय ८०, कृषिका ४०, पर्यटनका ३५ र अटोका २० वटा स्टल रहने छन् । तीन लाख दर्शकले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष ज्ञवालीले बताए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रूपन्देहीको आयोजना एवं तिलोत्तमा व्यापार संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा सुरु हुने मेला तथा महोत्सवको स्टल निर्माण, स्वागतद्वार निर्माण, मञ्च निर्माण तथा सजावटका सबै काम सम्पन्न भएको उनले जानकारी दिए ।
मेलाको प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंसिर १८ गतेसम्म चल्ने मेलाका अवसरमा बिभिन्न प्रतियोगिता र अन्तत्र्रिmयाका कार्यक्रमहरू राखिएको संगठनका रूपन्देही जिल्ला अध्यक्ष नारायण भण्डारीले बताए ।
यसपटकको मेलामा पर्यटकीय क्षेत्रको रूपमा सरकारद्वारा सुचीकृत रिडी, रुरु क्षेत्र, कालीगण्डकी, रिडी खोला, पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल र रानीमहलको झलक मुख्य आकर्षणको रूपमा रहने आयोजकले जानकारी दिएका छन् ।
त्यस्तै मेलामा भलिबल, कुस्ती, अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता, डान्सिङ आइडल, विद्यालय कलेजको विज्ञान तथा प्रविधि प्रदर्शन समेत गरिने मेला मूल आयोजक समितिका संयोजक सत्यव्रत ज्ञवालीले बताए । मेलामा बालबालिकाका लागि बाल उद्यान, होमस्टेलगायत विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कंडेलले मेलालाई नयाँपन दिन प्रयास गरिएको बताए । पत्रकार सम्मेलनमा संगठनका महासचिव अनिल ज्ञवाली लगायतले मेला सफल पार्न सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?