© २०२३
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना हुन लागेको तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवलाई सफल पार्न विभिन्न प्रतिवक्ता जाहेर गरिएको छ ।
महोत्सव आयोजक समितिले मंगलबार मेला सचिवालयमा आयोजना गरेको सल्लाहकारहरूसंग सल्लाह सुझाव संकलन कार्यक्रममा बोल्दै सम्पुर्ण विभिन्न व्याक्तिहरूले सल्लाह सुझावहरूको साथमा महोत्सव सफल पार्न आ–आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकलाइ सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले महोत्सवहरूमा साना किसान र साना व्यापारीहरूका माल सामानहरूका स्टलहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विदेशी वस्तुहरूको प्रदर्शनले महोत्सवमा आर्थिक कारोवार भएतापनि त्यसले आर्थिक समृद्धि नहुने भन्दै महोत्सवहरूमा लगाइने चर्खे पिङहरूमा पनि यहाँका स्थानीय उद्योगी व्यवसायीहरूले लगानी गर्नको लागि आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रदेश पाँचका अर्थ, उद्योग र पर्यटन संसदीय समितिका सभापति दधिराम न्यौपाने (माधब शर्मा) ले देस विकासमा फुटेर हैन जुटेर सम्भव छ भन्ने सरकारको नारालाई यहाँका नीजी संस्थाहरूले साथ दिँदै स्थानीय तीन वटा संस्थाले मिलेर आयोजना गरेको महोत्सवले नयाँ सन्देश फैलाएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विकले पछिल्लो समय सबैले कृषि र पर्यटनलाइ प्राथमिकतामा राखेर भाषण गर्ने गरेपनि व्यवहारमा लागु गर्न नसक्दा ति क्षेत्रहरू ओझेलमा परेको बताउँदै वेला–वेलामा आयोजना हुने मेला महोत्सवले ति क्षेत्रको प्रबद्र्धनमा यहयोग गरेको बताए ।
कार्यक्रममा हालसम्मको तयारीबारे बोल्दै मेला आयोजक संस्था उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारले नीजी क्षेत्रलाई प्राथमिकतामा नपारेको गुनासो गरे ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काप्mले, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, वाणिज्य कार्यालय रूपन्देहीका प्रमुख वेद प्रकाश उपाध्याय, शसस्त्र प्रहरी नायव उपरीक्षक दल बहादुर पाण्डे लगायतले बोल्दै नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवहरूलाई सरकारी निकायबाट सक्दो सहयोग गर्नसके नीजी क्षेत्र उत्साहित हुने कुरामा जोड दिए ।