ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

चन्द्रौटा महोत्सवको तयारी पूरा

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

 “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५” को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।“कृषि पर्यटन उद्योग व्यापार र रोजगार, आर्थिक सम्बृद्धि आत्मनिर्भरताको मूल आधार” नाराका साथ व्यापार संघ कपिलवस्तुले जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटामा महोत्सव आयोजना गरेको हो ।
यही मंसिर ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको महोत्सव तयारीबारे मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक महादेव पोखरेलले जानकारी गराएका थिए । महोत्सव संघीय सरकारका कृषि मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले उद्घाटन गर्ने जनाए । चन्द्रौटा महोत्सव जिल्लाको पश्चिमी क्षेत्रको पहिचान भएको भन्दै महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण तवरबाट सम्पन्न हुनेमा जोड दिए । अन्य वर्षको तुलनामा यसवर्षको महोत्सव फरक हुने दावी गरे ।
दुई लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने महोत्सवका संयोजक तथा कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले जानकारी दिए । महोत्सवमा राखिने २ सय ६० स्टल मध्ये ९५ प्रतिशत स्टल बुक भएको जानकारी दिंदै महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी, महिला पुरुष कुस्ती दंगल, थारु कला संस्कृतिको प्रदर्शनी मुख्य आकर्षण रहने उनले बताए । महोत्सवको प्रत्यक टिकटको आम्दानीबाट १ रूपैयाँ नगरपालिकाका बर्थिङ्ग सेन्टरका लागि सहयोग प्रदान गरिने पोखरेलले स्पस्ट पारे ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरूको प्रदर्शनीको स्टलहरू रहने आयोजकको भनाई छ । ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडल र थारु सांस्कृतिक नृत्य प्रतियोगिताले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?