© २०२३
बुटवल,२१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने धम्की दिएका छन् ।
काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु अपराधी नभएको जिकिर गरे ।
उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताए । माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्याउने विप्लवको चेतावनी थियो । उनले प्रचण्डको बारेमा के हो आफूलाई थाहा नभएको तर माओवादीलाई अपराधी भन्नेलाई ठेगान लगाउने ताकत आफूसंग भएको बताए ।