© २०२३
बुटवल, २१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी भेटवार्ता भएको छ । नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका र प्रस्तावप्रति नेता खनालले सकारात्मक रहेको जवाफ दिएका छन् ।
पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको छ । नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल,शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाललगायतका नेताहरुसँग दैनिकजसो संवादमा छन् । यसअघि बिहीबार राष्ट्रपतिका उम्मेदवारसमेत रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेर राष्ट्रपतिमा भोट माग्नुका साथै पार्टी एकताबारे करिव २ घण्टा छलफल गरेका थिए ।