ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

बालबालिकाको अवस्था (सम्पादकीय)

४ मंसिर २०७५, मंगलवार
४ मंसिर २०७५, मंगलवार

आज विश्व बालबालिका दिवस हो । भु्रण अवस्था देखि १८ बर्षसम्मको उमेरलाई बालबालिका मानिएको छ । यद्यपि बालबालिका त्यो अबस्थासम्म मानिन्छ जुन अबस्थासम्म उनीहरूलाई बाबु आमाको आवश्यकता महशुस हुन्छ । लालनपालन आमाबाबुले गर्नुपर्ने हुन्छ । जबसम्म शारीरिक, मानसिक रूपमा बालबालिकाहरू पराश्रित हुन्छन् त्यो उमेर समूहका मानिसलाई बालबालिका मान्नुपर्ने हुन्छ । कति उमेरका मानिसलाई बालबालिका मान्ने भन्ने कुरामा विश्वका मुलुकमा आफ्नै मापदण्डहरू बनाइएका छन् । धनी मुलुकहरूले जबसम्म कुनै मानिस आत्मनिर्भर हुँदैन तबसम्मको उमेरलाई मान्ने गरेका छन् । गरिब मुलुकले १४ बर्षको उमेर देखि बयस्क हुने मान्यता राख्छन् । हाम्रो समाज वर्गीय समाज हो । यस्तो समाजमा श्रमजीबी परिवारका बालबालिकालाई सानै देखि काममा जोतिनु पर्छ । धनी, सम्पन्नशाली परिवारका बालबालिकाले श्रम गर्नु त परै जाओस्, स्कूल पढ्न लैजाने किताब कापी पनि आफूले उचाल्नु पर्दैन । सुबिधासम्पन्न ढंगबाट बिद्यालयमा पुराउने गरिन्छ । महँगा विद्यालय, कलेजमा पढाइन्छ । यहि फरक हुन्छ वर्गीय समाजमा ।
नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ पाँच प्रतिशत मानिसहरू धनाढ्य बर्गमा पर्छन् । उनीहरूको रहनसहन बेग्लै प्रकारको हुन्छ । आम्दानी प्रसस्त भएकोले घरमा काम गर्नको लागि नोकर चाकर राखेका हुन्छन् । त्यसरी नोकर चाकरको रूपमा काम गर्नको लागि अति निम्न पूँजी भएका, सर्वहारा वर्ग नै खटिएका हुन्छन् । किनभने उनीहरूसँग काम गर्नको लागि सम्पत्ति छैन । आयस्रोतको कुनै आधार छैन । बाँच्नको लागि जस्तो काम पाइन्छ गर्नुपर्ने हुन्छ । यसमा साना उमेरका बालबालिकाहरू पनि जोतिनु पर्छ । यसरी काममा जोतिँदा उनीहरूलाई पढ्ने मौका मिल्दैन । पढ्न नपाएपछि राम्रो आम्दानी हुने जागिर खान पाउँदैनन् । उच्च ओहोदामा पुग्न पाउँदैनन् । बस्नको लागि घरसमेत् हुँदैन । अहिले पनि देख्न पाइन्छ कतिपय बालबालिकाहरू सडकमा रातभरी सुत्छन् । नगरपालिकाका कण्टेनरमा खाना खोजेर ज्यान पालिरहेका छन् । भिक्षा मागेर खान बाध्य छन् । जाडो बेलामा न्यानोको लागि भुस्याहा कुकुरसँग नारिएर सुतिरहेका हुन्छन् । तीस प्रतिशत मध्यम पूँजीपतिहरू छन् । उनीहरूलाई सामान्य जीवनयापन गर्नको लागि खासै समस्या हुँदैन । बाँकी ६५ प्रतिशत जनताको बस्ने बास र खाने गास पनि छैन । कतै सुकुम्बासी बनेका छन् । कतै खोला, नदीका बगरमा छाप्रो हालेर बस्न बाध्य छन् ।
यी वर्गका मानिसका बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ । बाबुआमा बिहानै उठेर काममा जानुपर्छ । बालबालिकाले घरमा आइपर्ने काममा हात बँटाउनु पर्छ । विद्यालयमा पढ्न जाने समय निकाल्न पाउँदैनन् । समय निस्किहाल्यो भने पनि विद्यालयले तोकेको डे«स हुँदैन । विद्यालयबाट निस्काशनमा पर्नुपर्छ । लेख्नको लागि कपी, कलम किन्न सक्तैनन् । गाउँमा रहेका बालबालिकाले दिनभरी गाई बाख्रा चराउन जानुपर्छ । यो यहाँको वास्तविकता हो । तर, सरकारले भने कालो चश्मा लगाएर सीमित निजी विद्यालयहरूहरूको मापदण्डमा शैक्षिक कार्यक्रमहरू अघि सर्छ । अमेरिकामा सरकारी विद्यालयमा पढ्न जाने बालबालिकाहरूलाई विद्यालयले नै बिहान खाना खान दिन्छ । दिउसो नास्ता दिन्छ । त्यसैले बालबालिकाले खान पाएनन् भनेर अभिभावकले कुनै चिन्ता लिनु पर्दैन । स्कूलले नै किताव, कपी, झोला, डे«सको ब्यवस्था मिलाइदिएको छ । शिक्षा क्षेत्रमा ठूलो लगानी गरिएको छ । अधिकांश सम्पन्न मुलुकमा यो ब्यवस्था छ । तर, नेपालमा शिक्षालाई यति उपेक्षा गरिएको छ कि बालबालिकाले पढुन् या नपढुन् कुनै सरोकार हुँदैन । विद्यालयमा विद्यार्थीहरूलाई खाना खाने ब्यवस्था मिलाइदिने हो भने मात्र पनि बालबालिका शिक्षा प्राप्त गर्नबाट बञ्चित हुनुपर्ने थिएन । बालबालिका दिवसमा यस विषयमा सरकारमा बस्नेहरूले सोँच्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?