© २०२३
कपिलवस्तु, फागुन । बौद्धधर्ममा महत्वपूर्ण मानिएको वाणगंगा नगरपालिका ८, बालाकण्ठ बराजु स्थित महावनमा महासमय सुत्त पाठ गर्न थाईल्याण्डबाट भिक्षु, उपासक उपासिकाहरु आएका छन् ।
थाईल्याण्डका लम्फुन, लम्पाङ र महेङसोङ प्राप्तका पूर्व गर्भनर (प्रदेश प्रमुख) डा. डिरेक कोनक्लेभ नेतृत्वमा आएको टोलीले महासमयसुत्त पठा गरेका छन् ।
भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेर १५ वर्ष पछि आएका बेला रोहिणी नदीको पानीको विषयलाई लिएर कोलिय र शाक्यहरु बिच झगडा भईरहेका बेला उनीहरुलाई संझाई बुझाई महासमय सुत्त पाठ देशना गरिएको थियो । बुद्धको जीवनकालमा एक पटक मात्र देशना गरिएको उक्त सुत्त कपिलवस्तुको महावनमा जेष्ठ पूर्णिमाका दिन प्रवचन दिएको बौद्ध ईतिहासमा उल्लेख छ । थाईल्याण्डका विभिन्न ५ प्रान्तबाट आएका ५० जना भिक्षु, बौद्ध धर्मावलम्बी र उपासक उपासिका आएका हुन् । टोलीमा थाईल्याण्डका ठूला ब्यापारी, सेवा निबृत्त सेनाका मेजर, चिकित्सक सरकारी कर्मचारी रहेका छन् ।
मधुवनधाम स्थित सारिपुत्र फाउण्डेसनद्वारा संचालित महावन बौद्ध विहारले संयोजन गरेर उनीहरुलाई यहा ल्याईएको हो ।
बुद्धले महावनमा १० हजार चक्रवर्ति देवीदेवता र २ सय ५० कोलिय र २ सय ५० शाक्य राज्यका भिक्षुलाई महासमय सुत्त देशना गरेका थिए । देशनापछि ५ सय भिक्षु अरहन्त (बोधी ज्ञान प्राप्त) बनेको बौद्ध साहित्यमा उल्लेख भएको भिक्षु सुमंगलोले बताए । ‘यस्तो महत्वपूर्णस्थलको महिमा आफूले थाईल्याण्डका नागरिकलाई बताएपछि उनीहरु यहा आउन उत्साहित भएको उनले बताए । समय मिलाएर आए उनले भने ओझेलमा रहेको ठाउ थाईल्याण्डभरि प्रचार हुन सहयोग पुग्यो । यस्ले यहाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्छ उनले भने । थाईहरु यहा आउन लालयीत हुन्छन् । उनीहरुले सुत्त पाठगरेपछि विश्व शान्तिको प्रार्थना गरेका थिए ।
बुद्धले देशना गरेकै ठाउमा आएर सुत्त पाठ गर्न पाउदा धेरै धार्मिक पुण्य संचय गरेको सुश्री जीनताना लम्फुनले बताईन् । यस्ले राम्रै धर्मचच्छु पलायो उनले भनिन् समाज र परिवारकालागि खर्चिन्छु ।
बुद्धले देशना गरेको महावन चारकोशे झाडी भित्र रहेको उल्लेख छ । त्यस बेला पूर्विय क्षितिजमा युगन्धर पर्वतबाट चन्द्रमा उदाएको उल्लेख छ । बुद्धको देशना सुनेपछि कोही भिक्षु गुफामा बसेर साधना गरेको त्रिपिटकमा उल्लेख भएको बौद्ध अध्येता चतुर्भुज पाण्डेले बताए । बौद्ध साहित्यमा उल्लेख भएका तथ्य यहाको महावनमा मिलेकाले बुद्धले यही महासमय सुत्त पाठ गरेको उनले दाबी गरे । ‘यो स्थान रोहीणी र राप्ती नदी बीचमा हुनु पर्छ,’ उनले भने्, ‘यत्तिको घनाजंगल र भौगोलिक अवस्था मिल्ने स्थान अन्त कतै छैन् ।’ फेरी यहा“ पुराना भग्नावषेश र पत्थरका मूर्ति जमिनमुनि प्रशस्त छन् ।
कोपिएका ढुंगा र शिर नभएको मूर्ति पनि पाईएको छ । यहाबाट करेचुली पर्वतको दक्षिणभागमा पूर्णिमाका नदी चन्द्रमा उदाएको देखिने हुदा बुद्धले देशना गरेको महावन यही रहेको उनले बताए । नदी नजिकै वाणगंगा नदी र गुफा पनि छ । बौद्ध साहित्य र भौगोलिक अवस्थाले अहिलेसम्म यसैठाउ“लाई महावन भन्ने मिल्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु वजिरले बताए । बाक्लो वन क्षेत्रभित्र सालको घनाजंगलमा वाणगंगा नदीको किनारमा रहेको उक्त स्थलको प्रचार गर्दै पर्यटकीय गन्तब्य बनाउन सूत्त पाठ गरिएको हो । ५ किमी वन भित्र गएपछि उक्त महावन क्षेत्र पर्छ । बुद्धले जेठ पूर्णिमाका दिन गरेको उक्त पाठ गरेका थिए । ‘अहिलेसम्मका २७ वटा बुद्धले यो सूत्र देशना गरिसकेका छन्,’ उनले भने्, ‘भविष्यमा जन्मिने मंैत्रीय बुद्धले पनि गर्ने भविष्यवाणी छ ।’