© २०२३
बुटवल, १८ फागुन । नेपाल निर्माण ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । राना नेकपा एमाले निकट हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा देवीलाल न्यौपाने, उपाध्यक्षहरूमा नवराज श्रेष्ठ, नारायण पोखरेल,नारायण भुसाल, सहदेव खड्का, रवीन्द्र लम्साल, नवीन ज्ञवाली, प्रकाश साह, प्रबिण कुँवर, दिनेश हमाल, महासचिवमा भेषराज पौडेल र कोषाध्यक्षमा त्रिभुवन मिश्र निर्वाचित भएका छन् ।