© २०२३
बुटवल,१८ फागुन । नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘ विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर आगामी चैत ५ गते हुने स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही, उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्ववियु समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवलाई तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा ल्याएका थिए ।