© २०२३
रूपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०७५ को तयारी तिब्र रूपमा अगाडि बढेको छ । मेला स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरि मेलाको आवश्यक तयारी अगाडि बढाइएको मेला मुल आयोजक समितिका सदस्य सचिव प्रकाश ढकालले बताए ।
यसैक्रममा मेला सम्पन्न गर्न गठन गरिएका उपसमितिहरूको बैठक बसेर कामको बाडफाँड गरिनुका साथै कामलाई चुस्तदुरुस्त बनाउन विभिन्न समितिहरू विस्तार गरिएको संघले जनाएको छ । तयारीका क्रममा स्टल दर्ता तथा वितरण उपसमिति र स्टल निमार्ण उपसमिति बिस्तार गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले दिए ।
विस्तार गरिएको उपसमितिको संयोजकमा यमलाल लोहनी, सहसंयोजकमा डिल्लीराज भण्डारी तथा सदस्यहरूमा ऋषिबहादुर भण्डारी, सूर्यबहादुर भट्टराई, मोहन रेग्मी, तुल्सीराम बञ्जाडे, शोभाकान्त पाण्डे, शतिषचन्द्र कसौधन, चिन्तामणि पाण्डे, अर्जुन भट्टराई, पिताम्बर अर्यालरहेका छन् । ५, यसैगरि स्टल निर्माण उपसमतिको संयोजकमा कृष्णप्रसाद घिमिरे, सहसंयोजकमा नामदेव पाण्डे तथा सदस्यहरूमा रुद्र हमाल, मणि खनाल र मनिमदिन मियाँ रहेका छन् । संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले एक्स्पोलाई भव्य र एतिहासिक तरिकाले सम्पन्न गर्नु आयोजकको कतव्र्य भएको हुँदा दर्शक, शुभचिन्तकहरूबाट प्राप्त सुझाव र सल्लाहलाई ग्रहण गरि काम गर्न उपसमितिलाई निर्देशन दिए । । अध्यक्ष श्रेष्ठले मेलालाई कसरी व्यवस्थित र नौलो बनाउन सकिन्छ त्यसको कार्ययोजना बनाएर काम गर्न आग्रह पनि गरेका छन् । मेलालाई चुस्त, दुरुस्त र प्रभावकारी ढंगले आयोजना गर्न विभिन्न ४२ वटा उपसमितिहरू गठन गरेको संघका महासचिव प्रकाश ढकालले जानकारी दिए