ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

लुम्बिनी सरकार : नागरिक उन्मुक्ति र लोसपाले समर्थन फिर्ता लिने

विश्वासको मत दिएका कुनै दलले समर्थन फिर्ता लिए मुखयमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो बेला विश्वासको मतको पक्षमा वहुमत सांसद नपुगे अर्को मुख्यमन्त्री चयन प्रकृया शुरु गर्नुपर्ने संविधानमा व्यवस्था छ ।
१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

बुटवल,१७ फागुन । लुम्बिनी प्रदेश सरकार गठनमा हस्ताक्षर गरेका र विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने भएका छन् । आज बुधबार बोलाइएको प्रदेशसभाको छैठौं बैठकमा यी दुई दलले विश्वासको मत फिर्ता लिने जनाएका छन् ।
नेकपा एमाले नेतृत्वको प्रदेश सरकार बनाउन ४ सांसद रहेको नागरिक उन्मुक्ति तथा ३ सांसद रहेको लोसपाले पुस २७ मा हस्ताक्षर गरेका थिए भने माघ ५ मा मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएका थिए । दुबै दल सरकारमा सहभागी भएका थिएनन् । केन्द्रमा नयाँ बनेको समीकरण अनुसार विश्वासको मत फिर्ता लिने निर्णय भएको लोसपाको संसदीय दलका नेता सन्तोष पाण्डेले बताए । ‘अहिलेको सरकारले सबैलाई समेटेर अघि बढ्ला भनेर विश्वासको मत दिएका थियौं,तर भएन, केन्द्रमा पनि नयां समीकरण बनेपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेका हौं’–पाण्डेले भने । नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले आजको प्रदेशसभा बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

८७ सदस्यीय प्रदेशसभामा एमाले नेता लीला गिरी ७ दलका ५६ र दुई स्वतन्त्र सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री बनेका थिए । तर, दुई महिना पूरा नहुँदै केन्द्रमा फेरिएको गठबन्धनले प्रदेश सरकार अस्थिरतामा फसेको छ ।
सरकारलाई विश्वासको मत दिएका कुनै दलले समर्थन फिर्ता लिए मुखयमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
त्यो बेला विश्वासको मतको पक्षमा वहुमत सांसद नपुगे अर्को मुख्यमन्त्री चयन प्रकृया शुरु गर्नुपर्ने संविधानमा व्यवस्था छ

नागरिक उन्मुक्ति र लोसपाले विश्वासको मत फिर्ता लिने जनाए पनि सत्तारुढ नेकपा माओवादीले यसको औपचारिक निर्णय गरेको छैन । प्रदेशमा पहिलो दल रहेको एमालेसँग २९ तथा माओवादीसँग १० सांसद रहेका छन् । यसैगरी सरकारलाई साथ दिएको राप्रपाका ४, जनमतका ३ र जसपाका ३ सांसद छन् ।

राप्रपाले तत्काल समर्थन फिर्ता लिने निर्णय गरेको छैन । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले केन्द्रको निर्णयअनुसार तत्काल प्रदेश सरकारबाट फिर्ता हुने विषयमा केही निर्णय नगरिएको जानकारी दिएका छन् ।

यसअघि आन्तरिक विवादका कारण संसदीय दलका नेताले समर्थन फिर्ता लिने निर्णय लिए पनि पार्टीले निर्णय नगरेपछि उनले निर्णय सच्याएका थिए ।

सरकारमा सहभागी जसपाले केन्द्रीय गठबन्धनअनुसार प्रदेशमा पनि नयाँ गठबन्धन हुनुपर्ने धारणा बनाए पनि २५ गतेअगावै विश्वासको मत फिर्ता लिने विषयमा कुनै निर्णय नभएको संसदीय दलका नेता भण्डारीलाल अहिरले बताए । फागुन २५ गते अघि प्रदेशका विषयमा कुनै निर्णय नलिने उनले बताए ।
भण्डारीलाल कृषि तथा भूमि सुधार मन्त्री छन् । ३ सांसदसहित सरकारमा सहभागी जनमतले पनि तत्काल विश्वासको मतका विषयमा कुनै निर्णय नगरेको सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा आजको वैठकमा पार्टीले कुनै निर्णय नलिने जानकारी दिए ।

मुख्यमन्त्री लिला गिरीले केन्द्रको गठबन्धनले प्रदेश सरकारमा तत्काल अप्ठेरो नपर्ने दावी गरे । ‘सरकारमा रहेका सबै दलसँग संवादमै छौं, अहिले तत्काल सरकारलाई कुनै अप्ठेरो पर्ने देखेका छैनौं’– मुखयमन्त्री गिरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?