ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

कर दिवशमा विभिन्न कार्यक्रम

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

राष्ट्रिय कर दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंमा आन्तरिक राजश्व बिभाग र बाहिर आन्तरीक राजश्व कार्यालय भएका प्रमुख शहरहरूमा प्रभातफेरि सहित बिभिन्न कार्यक्रम गरी कर दिवश मनाइएको हो ।
बुटवलमा आन्तरीक राजश्व कार्यालयको संयोजनमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा व्यापार संघ, होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ, अडिटर एशोसिएन लगायतका संस्थाहरूको सहभागितामा प्रभातफेरि निकालिएको थियो । कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी अस्पताल लाइन, बीपी पथ, अमरपथ, राममन्दिरलाइन, पाल्पा रोड, ट्राफिक चोक हँुदै पुन कार्यालय परिसरमा आई समापन भएको थियो । समापनका अवसरमा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यालयका प्रमुख कर अधिकृत अर्जुन ढकालले बुटवलका व्यवसायीहरूबाट कार्यालयले राम्रो सहयोग पाएको र प्रत्येक वर्ष अपेक्षा गरेभन्दा बढी राजश्व संकलन हुने गरेको बताए । दिवसका अवसरमा आन्तरीक राजश्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा, आन्तरिक राजश्व कार्यालय कृष्णनगरको संयोजनमा कृष्णनगरमा, आन्तरिक राजश्व कार्यालय दा·को संयोजनमा दा· र आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको संयोजनमा नेपालगञ्जमा प्रभातभेरी निकालिएको थियो ।
दिवसका अवसरमा काठमाडौंमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने १५ व्यवसायी तथा प्रतिष्ठानलाई सम्मान गरेको छ । यो वर्ष पनि व्यक्तिगत आयकरबाट सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा, सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सूर्य नेपाल प्रालि, निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा डाबर नेपाल प्रालिलाई सम्मान गरेको छ । सबैभन्दा बढी कर तिर्नेहरू सबैभन्दा धेरै आयकर सूर्य नेपाल प्रालि निर्यातकर्तामध्ये सबैभन्दा बढी कर तिर्नेमा डाबर नेपाल, उद्योग क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्नेमा हिमाल पावर कम्पनी, कृषि तथा पशु उद्योगमा प्रोआयोटिक कम्पनी, सहकारी लघुवित्तमा छिमेकी लघुवित्त कम्पनी, बैंक वित्त संस्थामा नबिल बैंक, बिमा कम्पनीमा नेपाल पुर्नबीमा कम्पनी, स्वास्थ्य तथा शिक्षामा नोबेल मेडिकल कलेज, सूचना प्रविधिमा एफ वान सफ्ट कम्पनी, पर्यटन क्षेत्र तारागाउँ होट रिजेन्सी, व्यापार व्यवसायमा सिप्रदी ट्रेडिङ कम्पनी, ४० करोड कारोबारमा नेपाल इन्भेष्टमेन्ट प्रालि, ४० करोडदेखि ८० सम्म कारोबारमा नेपाल स्टक एक्स्चेन्ज व्यक्तिगत आयकरमा सिद्धार्थ शमशेर मूअक समयमै बुझाउने र धेरै तिर्नेमा घोराइ सिमेन्ट रहेका छन् ।
यसैबीच आन्तरिक राजश्व कार्यालय बुटवलले कर दिवस तथा कर सप्ताहका अवसरमा साताव्यापी कार्यक्रम तय गरको छ । कार्यालयले आइतवार कार्यालय परिसरमा रक्तदान, सोमबार बुटवल उद्योग वाणिज्य संघमा कर बिषयमा अन्तक्र्रिया तथा छलफल, मंगलवार तिलोत्तमा व्यापार संघको सहकार्यमा मणिग्राममा, बुधवार हिलपार्क स्थित अनाथालयमा आश्रित व्यक्तिहरूलाई शैक्षिक तथा खाद्य सामग्री बितरण, बिहीवार कार्यालय परिसरमा स्थानीय माध्यमिक बिद्यालय तथा स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरूको सहभागितामा कर समृद्ध नेपाल, सुखि नेपालीको भर शिर्षकमा खुल्ला निवन्ध लेखन प्रतियोगिता र शुक्रवार मणिग्राममा यस क्षेत्रका उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै समापन गर्ने कार्यक्रम रहेको कार्यालयका अधिकृत हिमाल गौतमले जानकारी दिए ।
भैरहवामा पनि ¥याली
यसैबीच आन्तरिक राजश्व कार्यालय, भैरहवाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा सप्ताहव्यापी कार्यक्रम गरि मनाउँदै छ ।
सप्ताहको पहिलो दिन शनिबार उद्योगी–व्यवसायी, कर्मचारी, नागरिक समाज, संघसंस्थाको सहभागितामा कर सम्बन्धी जनचेतनामूलक प्लेकार्डसहितको ¥यालीको आयोजना गरिएको थियो । आन्तरिक राजस्व कार्यालयबाट शुरु गरिएको ¥याली पुनः कार्यालमै आई कार्यक्रममा परिणत भएको थियो । प्रमुख कर अधिकृत देवीप्रसाद भण्डारीले मुलुकलाई समृद्ध बनाउन विकास जरुरी रहेको बताए । उनले विकास गर्न पूँजीको आवश्यकता हुने औल्याउँदै पूँजी जुटाउन आमनागरिकले गर्ने व्यवसायबाट तिर्नेे राजश्व संकलन नै भएको बताउँदै सबैलाई कर तिर्ने भावनाको अभिबृद्धि गर्न कर सप्ताह आयोजना गर्न लागिएको जनाए । ‘सरकारले अघिसारेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक पार्न पनि कर प्रशासनलाई प्रभावकारी बनाउँदै लगिरहेका छौं’, उनले भने à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission