ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सांसद र अध्यक्षले गरे श्रम

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

सल्यानमा सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूले मोटरबाटो खनेर श्रम गरेका छन् । पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागि डोजरको बढि प्रयोग भइरहेको भन्दै त्यसलाइ कम गरि समुदायकै सहभागितामा विकास कार्य अघि बढाउन श्रम गरेका हुन् ।
प्रतिनिधीसभाका सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री टेक बहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन लगायतका जनप्रतिनिधिहरूले शनिबार कपुरकोट सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो गैँती, बेल्चा लगायतका घरायसी औजार प्रयोग गरि खनेका हुन् । सो अवसरमा आयोजित कार्यक्रममा सांसद् बस्नेतले कुनै पनि विकासमा जनता जोडिएनन् भने दिगो नहुने बताए । ‘जबसम्म विकासमा जनताले पसिना बगाउँदैनन् तब सम्म त्यो विकास आफ्नो हुँदैन,’ उनले भने । डोजर तथा मेसिनको प्रयोगबाट काम छिटो, कम लागतमा हुने भएपनि त्यो विकास मजदुरसँग नजोडिने बताए ।
केन्द्र सरकारको पूर्वाधार विकास अन्तर्गत कपुरकोट २ को सिमलकुना हुँदै दाङ जोड्ने सडकमा यो वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ ।
गत वर्ष कपुरकोट गाउँपालिकाले २९ लाखको लागतमा ट्रयाक खोलेर १ हजार ७ सय मिटर बाटो निर्माण गरिसकेको छ । र यो वर्ष केन्द्रीय सरकोरको ३० लाख तथा गाउँपालिकाको ५ लाख गरि ३५ लाखको बजेटमा स्थानीय उपभोक्ताहरुले नै बाटो खन्ने भएका छन् ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सांसद् बस्नेतसंग समन्वय गरेर विकासमा अघि बढ्ने जनाउँदै सिमलकुनाको बाटोलाइ गन्तव्य सम्म पुर्याइने प्रतिवद्धता जनाए । उनले भने, ‘अव ५ किलोमिटर जती बाटो खन्न बाँकी छ । यसलाइ हामी गन्तव्यमा पुर्याउँछौँ । हामीले डीपीआर तयार गरिसकेका छौँ ।’ सम्भव भएको ठाउँसम्म गाउँका उपभोक्ताले नै मोटरबाटो खन्ने र असम्भव ठाउँमा डोजर प्रयोग गरिने निर्माण उपभोक्ता समितीका अध्यक्ष तुलाराम पुनले जनाएका छन् । शनिबार उक्त मोटरबाटोमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मान बहादुर राना, ३ का अध्यक्ष मिन बहादुर सेन लगाएत स्थानीयले श्रम गरेका छन् ।
रिङ रोड निर्माण गरिदै
यसैविच सल्यान जिल्ला परिक्रमा गर्नका लागी रिङ रोड निर्माण गरिने भएको छ । प्रतिनिधीसभाका सदस्य बस्नेतले सल्यानलाइ छुने छिमेकी जिल्लाहरुको सिमाना हुँदै रिङ रोड निर्माण गर्ने कार्य शुरु भइसकेको बताए । रिङ रोडका लागी २६० किलोमिटर खन्नुपर्ने र हाल १२० किलोमिटर बाटो निर्माण भइसकेको जनाए । कपुरकोट गाउँपालिकामा रिङ रोडका लागी ५० लाख रुपैयाँ विनियोजन भएको जनाउदै बस्नेतले शनिबार कपुरकोट गाउँपालिकाका अध्यक्ष र आफुले रिङ रोड निर्माण गरिने क्षेत्रको अवलोकन गरेको बताए । उनले जनतासंग जोडिएको विकासमा भ्रष्टाचार नहुने बताउँदै विकासमा सबै एकजुट भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा नेकपाका नेताहरु कृति बहादुर पुन, आशिष मल्ल, प्रदिप बस्नेत, ओम बहादुर बुढा, काग्रेसका डण्ड बहादुर सेन, अम्ब बहादुर घर्ती, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालि प्रदेशका अध्यक्ष घनश्याम शर्मा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, मानव अधिकार प्रतिष्ठान सल्यानका अध्यक्ष प्रकाश भण्डारि, कपुरकोट बजार व्यवस्थापन समिती अध्यक्ष रुपक बुढा लगाएतको सहभागीता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission