ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

मेला सफल बनाउन सरोकारवालाको प्रतिबद्धता

१ मंसिर २०७५, शनिबार
१ मंसिर २०७५, शनिबार

 “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५” लाई सभ्य र भव्य रूपमा सफल पार्न हरेक क्षेत्रबाट सहयोग पु¥याउने सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।
महोत्सव स्थलमा आयोजित छलफलका क्रममा सरोकारवाला व्यक्तित्वहरूले चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराउँदै सरोकारवालाहरूसँग सकारात्मक सुझावको अपेक्षा सहित कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिकाटिप्पणी गर्दै कार्यक्रमका सहभागी सरोकारावालाहरूले आफूहरूको महोत्सवप्रति सकारात्मक धारणा रहेको उद्घोष गरेका थिए । उनीहरूले महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण रूपमा सफल बनाउन आयोजकलाई सुझाव सल्लाहसहितको सहयोग पु¥याउने आश्वासन दिएका थिए ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहित चन्द्रौटा क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, राजनीतिज्ञ, विभिन्न संघसंस्था, क्लबका प्रमुख तथा प्रतिनिधि, महोत्सव सम्बन्धी विभिन्न समिति, उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
यही मंसिर ६ गतेदेखि १६ गतेसम्म चन्द्रौटामा संचालन हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ । महोत्सवलाई थप आकर्षक, भव्य र सभ्य बनाउन विगतका भन्दा फरक किसिमको व्यवस्थापन गरेको आयोजकले दाबी गरेको छ । महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरूको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिने महोत्सव संयोजक महादेव पोखरेलले जानकारी दिए । महोत्सवमा बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको छ ।
साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरूको प्रदर्शनीको स्टलहरू रहने स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् । महोत्सव अवधिभर दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जनाएका छन् । त्यसैगरी महोत्सवको अर्को मुख्य आकर्षणको रूपमा थारु सांस्कृतिक नृत्य प्रतियोगितालाई पहिलो पटक प्राथमिकता दिइएको सापकोटाले जनाए । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission