© २०२३
बुटवल,१३ फागुन । नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पौडेललाई माओवादीसहित ८ दलको समर्थन हुने सहमति भएको छ ।
यसैबीच नेकपा एमाले तत्काल सरकारबाट नहट्ने भएको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।
एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार गर्ने समेत बताए।