© २०२३
बुटवल, १३ फागुन । राष्टपति चुनावलाई लिएर सत्ता गठबन्धन टुटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएको छ ।
आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री थिए भने विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानुन मन्त्री थिए ।