ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

पैसाले रोक्यो एमबीबीएस पढ्न

१ मंसिर २०७५, शनिबार
१ मंसिर २०७५, शनिबार

यहाँका एक आर्थिक बिपन्न दलित युवाले त्रिभुवन बिश्वबिद्यालयको पिटिएपी कार्यक्रम अन्तर्गत एमबीबीएस अध्ययनका लागी स्कलरसिपमा नाम निकाले पनि आर्थिक श्रोतको जोहो नहुँदा उनलाई अध्ययन अगाडि बढाउन समस्या परेको छ । बि.सं. २०७४ सालमा त्रिबिको आईओएम ईन्ट्रान्समा पाकिस्तानमा एमबीबीएस अध्ययनका लागी पिटिएपी कार्यक्रम (पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम) को स्कलरसिपमा नाम निकाल्न सफल भएका कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २३ बर्षिय अजय कुमार पासीलाई आर्थिक अभावले अध्ययनमा समस्या परेको हो ।
बार्षिक लाग्ने थप २ लाख ५० हजार बढि रकमको जोहो हुन नसक्दा उनको परिवार अहिले ईन्तु न चिन्तु भएको छ । गरिब परिवारमा जन्मिएका उनी सानै देखि कक्षामा उत्कृष्ट हुँदै आएका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाई रूपन्देहीको गैडहवा गाउँपालिका–२ जोगडामा मामाको सहयोगमा एसएलसी सम्मको अध्ययनका लागि सहयोग मिलेको थियो ।
सो पश्चात उनले फर्साटिकरमा रहेको तिलोत्तमा अंग्रेजी उच्च माध्यमिक बिद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाली दश जोड दुईको परिक्षा पास गरेका थिए । प्लस टुको अध्ययनमा समेत अब्बल रहेका पासीले मामा जितेन्द्र पासवानको सहयोग तथा आफूले फुर्सदमा ट्युसन पढाएर काठमाडौंको नेम ईन्सिच्युटमा एमबीबीएसको ईन्ट्रान्सको तयारी गरे । २०७३ मा पहिलो पटकमै दलित आरक्षण कोटामा नाम निकाले पनि सरकारले आरक्षण कोटा खारेज गरेपछि उनले पुनः दोस्रो बर्ष समेत नाम निकाल्न सफल भएका हुन् । आफ्नो अध्ययनको साढे पाँच बर्षको अबधीमा करिब ११ लाख खर्च हुने भए पनि घरको आर्थिक अवस्थाले समस्या थपेको उनले गुनासो पोखे ।
(बाँकी २ पृष्ठमा)

तत्कालका लागी पहिलो बर्षका लागी आवश्यक पर्ने २ लाख ५० हजारको जोहो नहुँदा झनै पिर थपिएको उनले बताए । “अध्ययनका लागी जानु पर्ने दिन आउन थालेको छ । अध्ययनका लागी आवश्यक पर्ने खर्च नहुदाँ समस्यामा परेको छु ।” उनले थपे । अध्ययनका लागी सहयोग खोज्न बिभिन्न निकायमा पुगे पनि कुनै पनि संस्थागत निकायबाट सहयोग नपाएको उनको गुनासो छ । “गरिबीका कारण पाएको अवसर पनि गुमाउने अवस्थामा छु । कसैले सहयोग गरे अध्ययन पुरा गरेर गरिब बालबालिकाको सहयोगका लागी भुमिका खेल्नु पर्छ भन्ने अनुभुती भएको छ ।” उनले भावुक हुदै भने । यता अजय सहित पाँच सन्तानलाई ज्याला मजदुरी गरेर पाल्दै आएका उनका बाबु धनश्यामले छोराको अध्ययनका लागी सहयोगी खोजी गरि दिन आग्रह गरे । “अजय पछिका अरू छोराहरू पनि पढाईमा कक्षा प्रथम हुन्छन ।

अब अरू छोरालाई पनि कसरी पढाउने होला भनेर चिन्ता लाग्न थालेको छ ।” धनश्यामले भने । “सरकारले गरिबलाई हेर्ने भनेको छ । छोरा पढाईमा राम्रो भए पनि हामी सँग पैसा नहुदाँ उनलाई पढन पठाउन नपाउदाँ मनन खिन्न भएको छ । ” आमा कृष्णकलाले रुदै भनिन । राज्यको शिक्षा नितीले अजय जस्ता जेहेन्दारलाई समेटन नसकेको मानब अधिकारका क्षेत्रमा क्रियाशिल शैलेन्द्र अम्बेडकरले बताए । “उनको शिक्षाका लागी जसो तसो ६० हजार रूपैया सहयोग त उठाएका छौ । तर कुनै पनि संस्थागत निकायले उनको एमबिबीएसको शिक्षाका लागी सहयोग गर्न तयार भएको छैन । यो अवस्थाले गरिबका छोरा छोरी कसरी पढन सक्लान र रु” उनले भने । जेहेन्दार बिद्यार्थी अजयको शिक्षाका लागी आफुहरूले वडा कार्यालयबाट केहि आर्थिक सहयोग गर्ने योजना रहे पनि थारै सहयोगले उनको शिक्षा आर्जनलाई सहयोग नपुग्ने भएकाले सञ्चार माध्यमले सहयोगी हात खोजेर सहयोग गरिदिन कपिलवस्तु नगरपालिका १२ का वडा अध्यक्ष ओम प्रकाश पाण्डेयले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?