© २०२३
बुटवल,१२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल बिना निष्कर्ष सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले निष्कर्ष निकाल्न नसकेको हो। दुई नेताबीच राष्ट्रपतिको उमेदवारबारे छलफल भएको थियो।
प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने तयारी गरेपछि ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। शुक्रबार बिहान बसेको पुरानो गठबन्धनको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको बिषय सहमति नजिक पुगेको भनिएको छ। ओलीसंगको छलफल सकिएपछि पुरानो गठबन्धनको बैठक
साँझ बालुवाटारमा बस्दै छ।