ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

मगर संघको माग : फागुन १५ मा सार्वजनिक विदा

१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

बुटवल, १२ फागुन । नेपाल मगर संघ बुटवलले फागुन १५ मा सार्वजनिक विदा दिन माग गरेको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको हो । यस्तै नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि संघले माग गरेको छ । संघकी अध्यक्ष बसन्ती साठीघरेले फागुन १५ मा सार्वजनिक विदा, लखन थापालाई राष्ट्रिय विभुति, मगर समुदायको भाषा,संस्कृति संरक्षणमा उचित वजेट र आई.एल.ओ.१६९ लगायत अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग समेत गरिन् ।
मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रितिरिवाज मात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्य स्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको अध्यक्ष साठीघरेले बताइन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने संघका प्रदेश सदस्य गोपाल चौहानले माग गरे ।
स्थापना दिवसको अवसरमा संघले फागुन १३ गते अपाङ्ग आश्रममा फलपूmल तथा खद्यान्न वितरण र १५ गते भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने संघका सचिव हेमन्त बुढाथोकीले बताए । कार्यक्रममा संघका उपाध्यक्ष लुमबहादुर सारु मगरले आदिवासी जनजातीमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेका गुनासो गरे । २०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक विदा माग गर्दै आएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?