ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

बोल्न थाले चन्द्र भण्डारी, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

बुटवल,१० फागुन । खाना पकाउने ग्यास सिलिण्डर लिक भएर शरीर जलेर उपचाररत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बोल्न सक्ने भएका छन् । भारत मुम्बईको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी मंगलबारदेखि बोल्न थालेको भण्डारीका सहयोगी योगराज कंडेलले जानकारी दिएका हुन् । मंगलबार राति साढे १० बजे फेसबुक स्टाटस लेख्दै कंडेलले अब भण्डारी छिटै निको हुने उल्लेख गरेका छन् ।

बुधबार बिहान १०.३० बजेसम्ममा आइपुग्दा भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ ।
मुखबाट खाना खुवाउन थालिएको छ ।
दोहोरो संवाद र उपचारबारे आफैंले जानकारी लिन थालेका छन् । हल्का ईन्फेक्सनको उपचार भइरहेको तर ज्वरो नआएको तर उच्च ईन्फेक्सनबाट जोगाउन भेटघाट गर्न नदिएको र अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

कंडेलको स्टाटस जस्ताको तस्तै :

अपडेट नं – १७
मितिः ०९ फाल्गुन २०७९
समयः १०ः३० बजे राति
काउन्सिलिंग स्थानः आईबिसियू, ग्राउण्ड तला, नेशनल बर्नस् सेन्टर, नबी मम्बई, महाराष्ट्र, भारत
काउन्सिलिंग विवरण
डा. अमोल मात्रेज्यू संगको काउसिलिंगका आधारमा प्राप्त जानकारी निम्न रहेको छ ।
– आज राती ५ लिटर अक्सीजनमा मात्र राखिने भनेता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको ।
– एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको ।
– पारामिटरहरु नर्मल रहेको ।
– ज्वरो छैन –यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्दै थिए ।
– अवको काम भनेको इन्फेक्सनवाट बचाउने मात्र हो भन्दै थिए डाक्टर साव ।
म डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि चिच्चाई राख्नु भएको थियो । यहाँ मसंग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्दै हुनु हुन्थ्यो । नर्सहरुले सोधे के भनेको हो मैले भने सवै हटाउन भन्नु हुन्छ भने पछि केही समयका लागि प्रेसर मास्क हटाई दिए नर्सहरुले । मैले सोधे किन आज यस्तो वहाँमा छटपटाहट छ त भन्दा डाक्टरले भन्नु भयो आज डे«सिंग चेन्ज गरेको कारण उहाँलाई दुखि रहेको छ सधै पेन किलर नदिने भनेर आज दिएका छैनौं भन्दै थिए ।
चिन्ता गर्नु पर्ने कुनै विषय छैन तर घाउहरु निको हुन समय लाग्छ । सवै ठिक छ, आँखाहरु टाठा छन् साथै छिटो सञ्चो हुने आत्मवल देखिन्छ ।

अस्पताल परिसर,
एैरोली, नवी मुम्बई, भारतबाट
योगराज कंडेल
सम्पर्क नं ९१–९८२०३७४६१७
९७७– ९८५१०२९३३३ व्हाट्एप, भाइवरका लागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?