ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

पुस ५ देखि लुम्बिनी एक्स्पो व्यापार मेला

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

रूपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार बिस्तार’ भन्ने मूल नाराका साथ यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०७५,अन्तर्राष्ट्रिय व्यापार मेला को आयोजना गर्ने भएको छ ।
मेला परिषरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले यसको तयारी सुरु गरिएको जनाकारी दिएको हो । रूपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठका अनुसार मेलामा करिब ६०० स्टलको सहभागिता रहनेछ । ८ लाख बढि दर्शकको सहभागिता तथा करिब ५० करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ । यही मंसिरको दोस्रो हप्तादेखि संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थानान्तरण भई मेलाका आवश्यकीय कार्यहरू जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरू आरम्भ गरिएको उनगे जानकारी दिए ।
व्यवसायिक विविधताको समागम केन्द्र प्रदेश नं. ५ को राजधानी बुटवलमा पुनः आयोजना गर्न लागिएको लुम्बिनी एक्स्पो–२०१८,अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रको पर्यटन व्यवसाय बिस्तारमा समेत महत्वपूर्ण सावित हुने विश्वास लिएको उनले बताए । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश नं. ५ भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरू एवं पावन स्थलहरूको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गर्ने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
तरकारी तथा फलफूल एवं कृषि उत्पादनका हिसाबले भइरहेको उत्पादनलाई व्यवस्थित र प्रचुर सम्भावनालाई दृष्टिगत गरी मेलामा अलगअलग पेभेलियन बनाई कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्ने अभियान संचालन गर्ने उद्देश्य समेत रहेको छ ।
औद्योगिक उत्पादन र त्यसको गुणस्तर एवं उपभोक्ता बीचको सम्बन्धमा सामिप्यता ल्याउन र लगानीकर्तालाई नयाँ व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने गरी यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको आयोजनाले बुटवल तथा समग्र राष्ट्रकै गरिमा र गौरवलाई अभिवृद्धि गर्न अमूल्य योगदान पु¥याउनेछ भन्ने पूर्ण अपेक्षा गरिएको उनले बताए ।
स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले व्यापार मेला अटो प्रदर्शनी–२०६६, काठमाडौं बाहिर पहिलो पटक २०६९ पौष ६ देखि १७ गतेसम्म र २०७२ पौष ८ देखि २१ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला अपार सफलताका साथ सम्पन्न गरेको थियो । पछिल्लो व्यापार मेलामा ६०० बढि स्टल, करिब ५ लाख बढि दर्शकको सहभागिता तथा करिब ३५ करोड बराबरको कारोबार भएको थियो ।
रूपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रूपमा नेपाल चेम्बर अफ कमर्स काठमाडौं, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.५, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रूपन्देही र बुटवल उपमहानगरपालिका रहेको छ ।
मेलामा स्वदेशी तथा बिदेशी गरेर करिव ६ सय हुनेछन् । विभिन्न प्रकृतिका वस्तुका स्टलमा राखिने छ । मेलामा अन्तर्राष्ट्रिय स्टलहरूमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?