© २०२३
काठमाडौं,८ फागुन । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पुस १० मा नेकपा एमालेसंग भएको सहमतिबाट पछि हटेको छ । आज बसेको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै राष्ट्रिय सहमतिमा जोड दिएको छ । उसले आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ । पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेलाई सभामुख र राष्ट्रपति दिने सहमति भएको एमालेले बताउंदै आएको छ ।
राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए ।