ट्रेंडिंग:

>> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार

हात हेरिदिनेले बहुलाउँछेस् भनेको त्यो क्षण……!

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

मैनादेवी भण्डारी उमेरले वृद्ध भइसकिन् । आराम गरेर बस्ने दिन आइसक्यो । तर थकाई भने एकरति लाग्दैन । २०१८ सालमा बुबा भगवत शर्मा लामिछाने र आमा पेमाकुमारी लामिछानेको कोखबाट तनहुँको गजरकोट गाविसमा जन्मिएकी मैनादेवीलाई महिला, बालबालिका, समाजसेवी, बुद्धिजीवी सबैले चिन्छन् । पढाईमा सधै प्रथम हुने मैनादेवीले चाहेजति पढ्न पाईनन् । कक्षा ८ मा पढ्दा पढ्दै १४ वर्षको कलिलो उमेरमा नै स्याङ्गजा जिल्ला कुवाकोट गाविस वारीकुना निबासी रामचन्द्र भण्डारीसँग वैवाहिक जीवनमा बाँधिन पुगिन् । विवाह भैसकेपछि पनि पढ्ने तीब्र इच्छा जागेर सेन्ट अप पास गरिन् र एसएलसी दिन टाढा जानुपर्ने भएकाले घरबाट एसएलसी दिन पाईनन् । त्यतिबेलाको समाजले छोरी बुहारीले धेरै पढेको देख्न नचाहने, धेरै पढायो भनेर बुबाआमाको मन मस्तिष्क नै बिग्रने गरी समाजमा कुरा काट्न थाले । त्यसपछि उनले बीचमै पढाई छाडेर चुलोचौकोमा नै सीमित हुनु पर्यो । छोरीलाई पढाएर राखे इज्जतमा दाग लाग्ने डरले बुबाले सानैमा विवाह गरिदिए ।

विवाहपछि मैनादेवी भण्डारीका कहालीलाग्दा दुःख र संघर्षका दिन सुरु भए । निर्दयी बुहारी भनेको आँखाको कसिंगर सम्झिने परिवारले दिएको दुःखले गर्दा उनले जति दुःख घर परिवारबाट पाएपनि संघर्षको मैदानमा उत्रेर पढ्ने धोकोलाई समाजसेवामार्फत पूरा गर्ने अठोट लिइन् । पढ्न नपाएपनि भविष्यमा बाबुआमा नभएका अनाथ बालबालिका पाल्ने चाहना थियो । महिला घरबाट निस्क्यो र केही कुरा गर्यो भने पोथी बास्यो भन्ने घर परिवार एवं समाजसँग संघर्ष गर्दै समाजसेवामा अगाडि बढिन् ।

समाजसेवा सुरु गर्दाको अविष्मरणीय क्षणले उनलाई अहिले पनि पिरोलिइरहन्छ । मैनादेवी ७ वर्षकी हुँदा हस्तरेखा हेर्ने एउटी महिलाले कि तिमी समाजसेवा गरेर ठुलै मान्छे बन्ने छौ, कि बहुलाएर साडी हातमा लिएर जंगल जंगल हिंड्ने छौ भनिन् । त्यसपछि ७ वर्षकी बालिकाको कलिलो दिमागमा नराम्रोसँग चोट पर्यो । खाना खान नमान्ने, रुने, टोलाउने गर्न थालिन् । आमाले सम्झाउँदै भनिन्–“तिमीले तिम्रो बुबाले जस्तै समाजसेवा गर, अहिलेदेखि नै समाजका लागि केही गर्दै जाउ, समाजसेवाले तिमीलाई ठुलै मान्छे बनाउने छ र तिमीलाई बहुलाएर हिंड्नुपर्ने छैन ।” उनले त्यतिबेलाको क्षण स्मरण गर्दै भन्छ्न्–ि“आमाले त्यसो भनेपछि मैले समाजसेवा गरेर नबहुलाउने अठोट गरें ।”

उनी सुरुमा आफ्नै बाबुसँग स्याङ्गजाको कैलादीघाटको मन्दिरमा गइन् । “मन्दिरमा भजन गाईरहेका असहाय वृद्ध आमाहरुलाई बुबाले खानपानको व्यवस्था मिलाउनुहुन्थ्यो । उहाँहरुको दुःख देखेर मलाई समाजसेवा गर्ने सोंच पलायो ।” उनका बाबुलाई गाउँमा सबैले जिम्माल भनेर चिन्थे । त्यतिबेला जिम्मालले बाली बुझ्ने चलन थियो । बाबुले बाली बुझ्न सिकाए । बाबु घरमा नभएको बेला मैनादेवीले नै बाली बुझ्ने गर्थिन् । धेरै समाजसेवीहरु घरमा जम्मा हुन्थे, बैठक बस्थे । उनलाई आनन्द लाग्थ्यो र नजिकै बसेर हेर्थिन् । उनले त्यतिबेला भन्ने गर्थिन्–बुबा मैले पनि ठुली भएर यस्तै समाजसेवा गर्छु है ।” अनि त्यहाँ उपस्थित सबैजना यति सानी बालिकाको कति ठूलो बुद्धि रहेछ भनेर अचम्म मान्थे । बाबुबाट समाजसेवा गर्ने प्रेरणा पाएको उनको अनुभव छ । उनी विभिन्न संघसंस्थामा रहेर पनि काम गरेकी छन् । फोरस्टार सहकारी संस्था, आनन्दवन गाविस आमा समूह, आनन्दवन गाविसको महिला सदस्य, मेदिनी प्रावि १२ नम्बर मणिग्राममा महिला सदस्य, चरित्र निर्माण संघको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरेको अनुभव उनीसँग छ ।
यतिबेला उनी अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित आत्मशान्ति अनाथ आश्रम स्थापना गरेर बाबुआमा गुमाएका सहाराबिहीन अनाथ बालबालिकाका लागि गास, बास, कपासको व्यवस्थामा नै दिन बिताइरहेकी छन् ।

अनाथ आश्रम कसरी स्थापना भयो ?

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाजकल्याण मन्त्रालयमा दर्ता भयो । त्यसपछि २०६२ सालसम्म मैनादेवीले सिलाईकटाई तालिम, अचार बनाउने तालिम, उदघोषण तालिम, असहायहरुलाई न्यानो कपडा वितरण, सुपथ मूल्यमा बिरुवा बितरणलगायतका सामाजिक काम गरिन् । अनाथ आश्रमको स्थापना गर्ने सानैदेखिको चाहना भएकाले २०६२ सालमा आत्मशान्ति अनाथ आश्रमको स्थापना गरिन् । आर्थिक स्रोत केही नभएकाले एक हातमा दाल, अर्को हातमा चामल उठाउँदै उनी प्रत्येक घरघरमा डुलिन् । मु्ट्ठि दान माग्न जाँदा लौरो लिएर लखेट्ने काम पनि भयो । पेट पाल्नको लागि चामल उठाएको भनेर आरोप पनि सहनुपर्यो । दिनभरी दाल चामल उठाउँदा पनि साँझ छाक टार्न गाह्रो पथ्र्यो । जति दुःख पाएपनि आमाबाबु गुमाएका बेसहारा बालबालिकाको सेवाले गर्दा उनले आत्मशान्ति पाएकी छन् । ३ जना बालबालिकाबाट सुरु गरेको आश्रममा ३६ जना अनाथ बालबालिकाले सहारा लिइसकेका छन् । आश्रममा सहारा लिएकामध्ये एकजनाले इलेक्ट्रिक इन्जिनियरको पढाई सकेका छन् भने एकजनाले मेकानिकल इन्जिनियरको पढाइ सकेका छन् । अहिले भने आश्रममा बालकहरुलाई मात्र राख्न थालिएको छ भने हाल ९ जना बालकहरु आश्रित छन् । ६ वटा प्रदेशका अनाथ बालबालिका सहभागी साहित्यिक कार्यक्रम प्रतिष्पर्धामा आत्मशान्ति अनाथ आश्रमका विरेन्द्र बानिया प्रथम भए । उनी शान्ति नमूना माविमा कक्षा ७ मा पढ्छन् । यूकेजीदेखि इन्जिनियरसम्म बालकहरुले अध्ययन गरिरहेका छन् । अहिले रामचन्द्र मैनादेवी अनाथ आश्रमको रुपमा संस्थाको नामाकरण गरेकी छन् ।

सुरुमा आश्रमको ८ हजार भाडा तिर्नुपथ्र्यो । रासनपानी, लत्ताकपडा, शिक्षादीक्षा, औषधी उपचारमा मैनादेवीले आफ्नो व्यक्तिगत २५ लाख रपैयाँ सकेकी छन् । अन्तिममा घडेरी पनि छैन, घर पनि छैन, त्यस्तो अवस्था देखेर श्रीमानले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिए । भवन बनाउनका लागि आर्थिक स्रोत नहुँदा तत्कालीन सिंचाईमन्त्री बालकृष्ण खाणबाट भवनको शिलान्यास गराइयो । तर उनीबाट आर्थिक सहयोग नहुँदा उनी निकै दुःखी बनिन् ।

दुईओटा शौचालय र बाथरुमसहितको पाँचकोठे भवनको निर्माणचाहिँ लुम्बिनी राउन्ड टेबलले गरिदिएको हो । मैनादेवीका अनुसार अहिले आश्रमसँग ५२ लाख रुपैयाँको अक्षयकोष छ । त्यसको ४० हजार ब्याज र दाताहरूको सहयोगमै बालबालिकाको पालनपोषण भएको छ । तर, खर्च जुटाउन निकै मुस्किल परेको उनी बताउँछिन् । उनका अनुसार अक्षयकोष संकलन गर्न सीतादेवी बास्ताकोटीबाट धेरै सहयोग मिलेको छ ।

यस आश्रममा नेपालका विभिन्न ठाउँबाट आएका बालबालिका छन् । सबै बालबालिकाले मैनादेवीलाई आमा भन्ने गर्छन् । मैनादेवीको माया र घरेलु वातावरणका कारण सबै बालबालिका खुसी छन् ।

मैनादेवी भन्छिन्, “हामीले यस संस्थालाई यो अवस्थामा ल्याउन निकै मेहनत ग¥यौं । धेरै वर्षसम्म आश्रमको आफ्नै भवन नभएका कारण बिरालोले बच्चा सारेझैं ठाउँ–ठाउँमा सा¥यौं । निकै उतारचढाव तथा चुनौतीहरूलाई पार गर्दै आश्रमले अहिले आफ्नै भवन पाएको छ । तर, हाम्रो लक्ष्य निकै ठूलो छ । हामी आश्रमको भौतिक संरचना तथा अक्षयकोष वृद्धि गरी बढीभन्दा बढी अनाथ तथा असहाय महिलाहरूलाई यस आश्रममा आश्रय दिन चाहन्छौं । हाम्रो यस पवित्र कर्ममा सहयोगका लागि आमनागरिकबाट समेत सहयोगको आशा राखेका छौं । हामी दाताहरूबाट एक मुठी चामल तथा एक रुपैयाँसमेत लिन तयार छौ ।”

सानैदेखि कविता तथा चित्रकलामा विशेष रुचि राख्ने मैनादेवीको एक कविता संग्रह प्रकाशन भएको छ । कवितामा निकै रुचि भएका कारणले नै होला एक प्रश्नको उत्तर उनले कवितामार्फत यसरी दिइन्–

समाजसेवामा लागें मैले आफ्नो कर्तव्य ठानेर ।
समाजसेवालाई नै सवश्रेष्ठ धर्म ठानेर ।।
पहिला पाएँ समाजसेवामा तिरस्कार, गाली र अपमान ।
अन्तिममा पाइने पो रहेछ समाजसेवामा मान–सम्मान ।।
हो, उमेर छिप्पिदै जाँदा मानिसले युवाकालमा जस्तो शारीरिक कार्य त गर्न सक्दैन । तर, बुढेसकालमा पनि मानिसले गर्न सक्ने खालका थुप्रै कार्य छन् ।

बुढेसकालमा मानिसका लागि उपयुक्त काम समाजसेवा हो । यसको मतलब बुढेसकालमा मात्र समाजसेवा गर्नु भनेको होइन, मानिस एक सामाजिक प्राणी भएकाले सानैदेखि सामाजिक रूपमा सक्रिय रहनुपर्छ । मानिसले सामाजिक कार्य गरेर एकातिर समाजको उत्थानमा टेवा पु¥याउन सक्छ भने अर्कोतिर आफ्नो स्वास्थ्य ठीक राख्न सक्दछ । आफ्नो स्वास्थ्यको ख्याल राख्दै बुढेसकालमा पनि सक्रिय सामाजिक जीवन जिउनेहरू नै धेरै बाँच्छन्, स्वस्थ जीवन जिउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?