© २०२३
एक्सन कन्स्ट्रक्सन ईक्युमेन्ट लिमिटेड (एसिइ) द्वारा उत्पादित हेभि इक्वीपमेन्टहरूको मंगलबार रूपन्देहीमा रोड–शो गरिएको छ ।
सम्भाव्य ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले एसिइको अधिकृत बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजी तिलोत्तमा नयाँमिलले रोड–शो आयोजना गरेको हो । रोड शो कार्यक्रम नयाँमिलदेखि बुटवलको गोलपार्कसम्म निर्माण कार्यका लागि प्रयोग हुने ग्रेडर, क्रेन र भ्याकु प्रदर्शन गरेको हो । रोड शोमार्फत् ग्राहकहरूमा एसिइका उत्पादनको गुणस्तर र सर्भिसप्रति विश्वास बढ्ने कम्पनीले जनाएको छ ।
एसिइले दुई महिनाअघि मात्रै आफ्नो नयाँ भ्याकु लोडर ए एक्स १२४ मोडल रूपन्देहीको मणिग्राममा लन्च गरेको थियो । कम्पनीले आफ्नो उत्पादनको लन्चिङ पनि नेपालमै पहिलोपटक रूपन्देहीबाट गरेको थियो । नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले ४१ वटा देशमा पठाएको छ ।
एसिइका नेपालका लागि आधिकारीक बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशक टंकप्रसाद पाण्डेले निर्माण व्यवसायीहरूको माग र बढ्दो आकांक्षा अनुसार रोड शो कार्यक्रम गरिएको र यसले एसिइका उत्पादनको गुणस्तरबारे ग्राहकहरूलाई विश्वास दिलाउने बताए । “एसिइका उत्पादनको बिक्री बढाउने तथा प्रचारप्रसार गर्ने उद्देश्यले रोड शो को आयोजना गरिएको हो”–उनले भने । अर्का निर्देशक मोहन चापागाईले नेपाली बजारमा एसिइका उत्पादन लोकप्रिय भइरहेको दाबी गरे । उनले एसिइका उत्पादन गुणस्तरीय, अन्य कम्पनीहरूको दाँजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेका कारण यसलाई नेपाली बजारमा भित्र्याइएको बताए ।à