© २०२३
बिभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गरी कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १२ औंं वार्षिकोत्सव मनाएको छ । बैंकले बुटवल शाखामा केक काटेर शुभकामना आदानप्रदान गरी वार्षिकोत्सव मनाएको हो । बुटवल शाखामा आयोजित कार्यक्रममा बैंकका निर्देशक भिमप्रसाद तुलाचनले मंगलबार बैंकको देशभर रहेका ६० वटा शाखामा वार्षिकोत्सव कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसैगरि बैंकले मंगलबार एक कार्यक्रमका साथ नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा कोटिहवामा रहेका बालबालिकालाई नगद ५० हजार प्रदान गरेको छ ।
बैंकका अध्यक्ष भीमप्रसाद तुलाचनले अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई ५० हजारको चेक प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै बैंकले मानवीय सेवामा सहयोग गर्दै आएको बताए । उनले सामाजिक तथा मानवीय सहयोगका लागि सहयोग गर्दै जाने बताए । कार्यक्रममा बैंकका सञ्चालक पर्शुराम पाण्डे, कमल गौतम, तुल्सीप्रसाद आचार्य, वडा सदस्य श्यामकुमारी नेपाल लगायतले कामना सेवा बिकास बैकले समुदायमा गरेको सहयोगको प्रशंसा गरेका थिए । à