© २०२३
दाङ, ७ फागुन । लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् बिस्तारले पूर्णता पायो भनिए पनि अझै मन्त्री र मन्त्रालय थप्ने कार्यमै व्यस्त छ प्रदेश सरकार ।
गत पुस २८ मा मुख्यमन्त्री लीला गिरी सहित २ जना विनविभागीय मन्त्रीले रुपमा सपथ ग्रहण गरेका थिए भने माघ २९ मा अन्य ७ जना मन्त्रीले सपथ ग्रहण गरेका थिए । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित १० मन्त्रालय कायम हुने गरी मन्त्रिपरिषद् बिस्तार भएको थियो ।
लुम्बिनी प्रदेशमा मन्त्रीमण्डलले पूर्णता पाईसकेको भनिए पनि मन्त्री र मन्त्रालय थप्ने कार्य भने जारी रहेको छ । थप एक जना प्रदेश सभा सदस्य अर्थात बाँके जिल्ला क्षेत्र नं २(१) का जसपाबाट निर्वाचित सांसद भण्डारी लाल अहिर यादवलाई कृषि तथा भूमी व्यबस्था मन्त्रालयको जिम्मेबारी सहित सोमबार ११ बजे प्रदेश प्रमुखको कार्यलय बुटवलमा शपथ ग्रहण हुने भएको प्रदेश प्रमुखको सचिवालयले बतायो ।
पूर्व कृषि तथा भूमी व्यबस्था मन्त्रालयको जिम्मेबारी पाएका तुल्सी राम शर्मालाई भने अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयको बिभाग हेर्ने गरी जिम्मेबारी दिएको मुख्यमन्त्री कार्यलयको सचिवालयले बतायो ।