© २०२३
बुटवल, ७ फागुन । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी रिहा भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएपछि चौधरी रिहा भएका हुन् ।
कैलाली कारागारमा रहेका चौधरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर रिहा भएका कारागार प्रशासनले जनाएको छ । सांसद चौधरीसहित जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै माफी मिनाहा भएको हो
।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएको थिएन ।