ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
फ्रन्टपेज

मुक्ति योद्धाको स्कूल

७ फाल्गुन २०७९, आईतवार
७ फाल्गुन २०७९, आईतवार

राणाशासनको विरुद्धमा नेपाली कांग्रेसले शसस्त्र क्रान्ति शुरु गरेपछि देशका तराईका प्रमुख केन्द्रहरुमा त्यसको प्रभाव तुरुन्तै देखियो । पश्चिमको प्रमुख केन्द्र भैरहवामा डा. के आई.सिंहको नेतृत्वको मुक्तिसेना र सरकारी सेनाविचमा भिषण लडाई भयो । भैरहवामा भएको राणा विरुद्धको सशस्त्र क्रान्तिमा मुक्तिसेनाको सैनिक नेतृत्व गरेका थिए खडग बहादुर गुरुङले । मुक्तिसेनाले भैरहवा कब्जा गरेपछि गठन भएको जनसरकारले गुरुङलाई कमान्डर ईन चिफ बनायो । पछि भारतिय फौजको सहयोगमा भैरहवाको क्रान्तीलाई दबाईयो । डा. केआई सिंहसंगै गुरुङ पनि पक्राउ परे, सिंहसंगै तिब्बत निर्वासनमा गए अनि संगै नेपाल फर्किए । नेपाल फर्किएका खडग बहादुर फेरी क्रान्ति र राजनीतिमा फर्किएनन, बरु समाज बदल्न भन्दै रुपन्देहीको त्यसबेलाको अनकन्टार पूर्वी गाउँमा पुगे । शिक्षाको विकासबाट मात्र परिवर्तन सम्भव हुन्छ भन्दै उनी खडक बहादुर गुरुङले खोलेको पाठशाला अहिले खडक माध्यमिक विद्यालयको रुपमा हिरक जयन्ति मनाउदै छ ।

तिब्बत निर्वासन पछि नेपाल आएका के.आई. सिंह छोटो समयका लागि नेपालका प्रधानमन्त्री समेत बने । तर, क्रान्तिका उद्धेस्यहरु पुरा नहुदै सत्तामा जान नहुने भन्दै मन्त्रीपदको प्रस्ताव समेत अस्विकार गर्दै खडग बहादुर गुरुङ भैरहवा फर्किए । राजनैतिक बेथितिले उनले शहरमा बस्न मन पराएनन् र गाउँको सेवा गर्नको लागि रुपन्देही जिल्लाको साबिकको केरवानी पंचायतको दुर्गम गाउँ बिर्तामा पुगे । तत्कालिन समयमा विर्तामा केहि मधेशी र थारुहरुको पातलो वस्ती थियो । अधिकांश भूभागमा झाडी थियो । विद्यालयहरु निकै टाढा थिए । पढ्नुपर्छ भन्ने चेतना नहुदा समाज निकै पछि परेको महसुस गरि खडग बहादुर गुरुंगले आफ्नै जग्गामा पण्डित राखेर २०१९ सालमा विद्यालयको शुरुवात गरेको खडग बहादुरका नाति राजेश गुरुङ बताउछन् । उनका अनुसार विद्यालयको भौतिक संरचना तयार गर्ने, विद्यार्थी खोज्ने, शिक्षक व्यवस्था गर्ने र पढाउने काम समेत गुरुङ स्वयम्ले गर्ने गर्दथे ।

पहिला गाउँदेखि केहि पर रहेको विद्यालयलाई खडग बहादुरले हालको स्थान देवदह नगरपालिका वार्ड नम्बर १ दुर्गानगर गाउँमा सारेर आफ्नै निजि जग्गामा पक्कि भवन बनाईदिएर समुदायलाई हस्तान्तरण गरेका थिए । उनकै पहलमा विद्यालयले २०२० सालमै मिडिल स्कूल ( निमाबि)को स्थायी स्वीकृति पाएको थियो । वि.स. २०२३ साल मंसिरमा खडक बहादुर गुरुङ्गको ७९ वर्षको उमेरमा मृत्यु भएपछी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा विद्यालयको रेखदेखको काम उनकी पत्नी शशिकला गुरुङ्गले गरेको थिइन् । पछि २०३० सालमा राजनैतिक पिडितको नाममा सरकारले गुरुङ परिवारलाई बर्दघाटमा जग्गा दिएपछि गुरुङ परिवारले दुर्गानगर छोडेको र विद्यालयमा प्रत्यक्ष रुपमा संलग्न हुन नपाएको खडग बहादुर गुरुङकी कान्छी बुहारी तथा बर्दघाट नगरपालिका वार्ड नम्बर ५ कि वडाध्यक्ष बिमला गुरुङ बताउछिन् ।

अनेकै समस्याहरुसंग जुध्दै खडग माबीले ६० वर्षे यात्रा पार गरेको छ । २०५२..सालमा प्रस्तावित माबिको रुपमा कक्षा ९/१० शुरु गरेको विद्यालयले २०५६ सालमा माध्यमिक तहको स्विकृती पाएको थियो । २०७६ सालदेखि विद्यालयले दिवा समूहमा कक्षा ११/१२संचालन गरिरहेको छ । देवदह नगरपालिकाका वार्ड नम्बर १, ११ र १२ तथा ओमासतिया गाउँपालिकाका केहि वार्डहरु यसको सेवा क्षेत्रमा पर्ने भएपनि कमजोर चेतनास्तर, कमजोर आर्थिक अवस्था , रुढिबादी परम्परा र अभिभावक तथा बालबालिकाहरुले ज्यालादारीमा काम गर्नुपर्ने अवस्थाले गर्दा विद्यालयमा विद्यार्थीहरुको संख्या कम देखिन्छ । हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ४४३ जना विद्यार्थीहरु अध्ययनरत छन र यी मध्ये ७५ प्रतिशत विद्यार्थीहरु मधेशी जनजाति, दलित समुदायका रहेका छन् । प्राथमिक तहमा विद्यार्थीहरुको संख्या राम्रै रहेपनि माथिल्लो कक्षामा बजारका विद्यालयमा पढ्न जाने र पढाई छोड्ने दर उच्च रहेकोले विद्यालयमा माध्यमिक तहमा विद्यार्थी संख्या कम भएको विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेत बताउछन् ।

विद्यालयले समयको माग अनुसार अंग्रेजी माध्यमका कक्षा, कम्युटर कक्षा, प्रविधिमत्री कक्षाको शुरुवात गरेर गुणस्तरीय शिक्षा प्रदान गरि ग्रामिण क्षेत्रका विद्यार्थीहरुको आकर्षण बढाउने कामहरु शुरु गरेको भएपनि विद्यालयको आफ्नै आर्थिक श्रोत नभएको , शिक्षक दरबन्दीको अभाव र भौतिक पूर्वाधारको अपर्याप्तताले गर्दा अपेक्षित सफलता हासिल गर्नमा समस्या भएको प्रअ बस्नेतको भनाई छ ।
प्रधानाध्यापक भएपछी बस्नेतले समुदायलाई परिचालन गरि खडक माविलाई उत्कृष्ट शैक्षिक सस्था बनाउने अभियान शुरु गरेका छन् । अहिले सेवा क्षेत्रका हरेक टोलमा विद्यालय सहयोग समितिहरु गठन भएका छन् । यी समितिहरुले विद्यालयको भौतिक सुधार गर्न र बालबालिकाहरुलाई विद्यालयमा नियमित गराउन सहयोग गरिरहेका छन् । तिनै तहका सरकारहरुसँग सहयोग माग गरि भौतिक र शैक्षिक सुधारका कार्यहरु भैरहेका छन् । विद्यालयको स्वामित्वमा विद्यालयभन्दा केहि टाढा डेढ बिगाहा खेत र माछा पोखरी रहेको छ । यो खेत र पोखरीलाई सदुपयोग हुनेगरी विद्यालयले पढ्दै कमाउदै कार्यक्रम शुरु गर्न लागेको छ । यस कार्यक्रमले अभिभावक र विद्यार्थीलाई आर्थिक टेवा पुर्‍याउने र विद्यालयलाई पनि सहयोग पुग्ने विद्यालय व्यवथापन समितिका अध्यक्ष छबिलाल अग्रहरीको विस्वास छ । उनि भन्छन्, “ जनरल बाबाले निजि प्रयासमा अनकन्टार ठाउँमा स्कूल खोलेर चेतनाको दियो बाल्नुभयो, अब हामीहरु समुदायलाई अघि सारेर विद्यालयलाई कसरि उत्कृष्ट बनाउने भन्ने योजनामा छौ । देशको लागि योगदान दिने प्रजातन्त्र सेनानीलाई देशले नचिनेपनि उहाँले खोलेको विद्यालयलाई अब्बल बनाएर विद्यालय मार्फत खडक बहादुर गुरुङलाई चिनाउने हाम्रो प्रयास छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?