© २०२३
काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने बताएका छन् । र त्यसको बदलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता महतले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने जिकिर गरे । संविधान रक्षाका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको उल्लेख गर्दै महतले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनुपर्ने दोहोर्याए ।
‘राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको प्रवक्ता महतको भनाई छ । एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको पनि उनले सुझाएका छन् ।
अहिलेको सत्ता गठबन्धन स्वार्थकेन्द्रित रहेको महतको टिप्पणी छ ।