© २०२३
बुटवल,५ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।
९६२ मत पाएर बडाल अध्यक्ष चुनिंदा अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाए । निर्वाचनमा १५१७ मत खसेको थियो ।
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।