ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

एमालेनिकट अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु

२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

बुटवल,२ फागुन ।   नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि आयोजित महाधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एमाले केन्द्रीय सदस्य तथा अखिल इन्चार्ज माधव ढुंगेलका अनुसार अध्यक्षमा सर्वसम्मतिको प्रयास जारी छ ।

विशेषगरी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच सहमति कायम हुन सके अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने बताइएको छ । तर अध्यक्षमा सहमतिको सम्भावना नभएकाले अधिकांश पदमा चुनाव हुने देखिएको छ ।

प्यानल बनाउँन नदिई व्यक्तिगत प्रतिस्पर्धा गर्न दिने र पार्टीको तर्फबाट कोही पनि आधिकारिक उम्मेदवार नहुने समन्वय संयन्त्रकी सहइन्चार्ज रचना खड्काले बताएकी छन् । अखिलमा हुने चुनावले अन्य जनसंगठनहरुलाई पनि सहज हुने नेताहरुको भनाइ छ ।

सहमति नभएको अवस्थामा अध्यक्ष पदमा अहिलेका उपाध्यक्षमध्ये मोति विक,वाङ्छु र झपिन्द्र खत्रीले पनि सशक्त दाबी गरेका छन् । अनेरास्ववियुको उपाध्यक्षमा यसपटक हालका कोषाध्यक्ष जेनिश लामासहित मर्यादा विष्ट, तपेन्द्र शाही, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीलगायतले दावी गरेका छन् ।

कोषाध्यक्षमा सुजन कार्कीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । १० सचिवका लागि ७० भन्दा बढी उम्मेदवार भएका छन् ।

हालसम्म प्रकाश पौडेल, जिबी गजल, शालिकराम पराजुली, नवराज ढकाल, सजिना थामा मगर, रक्षा बम, स्वरुप सुयल, अन्जु पाण्डे, अन्जना शिवाकोटी, सरोज पोखरेल, सन्तोष राना, घनश्याम भुन, नविन योगी, प्रेम खड्का, पंकज भण्डारी, नरेन्द्र न्यौपाने, वीरेन्द्र रावल, सन्जिव धिताल, आरती भट्टराई, बिनिता काफ्लेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै रिता ढकाल, मदन विष्ट, हिरा चौलागाई, आशिर्वाद सुवेदी, रोमश खतिवडा, दिपेश प्रसाई, प्रकाश भुजेल, सागर भट्ट, ओमप्रकाश घिमिरे, जयराम बास्तोला, राजेन्द्र गजुरेल, गोविन्द थपलिया, सौगात कार्की, मनोज राई, कल्पना पाल, टुकलाल गैरे, विनोद भट्टराई, प्रकाश भट्ट, सन्तोष पौडेल, आरपी यादव, एकराज दाहाल, प्रकाश श्रेष्ठ, गोकर्ण घिमिरे, मनोज ताम्ली, निता घतानी, मोहित साह पनि सचिवका उम्मेदवार हुन् ।

अखिल सचिवका लागि उज्ज्वल कार्की, अन्जु गौतम, रविन्द्र सुवेदी, अशेष गोइत, नम्रता महर्जन, समुनराज कार्की, सुन्दर खड्का, विनायक आचार्य, रुपक खनाल, सुन्दर घिमिरे, भुषण सुवेदी, सन्तोष पौडेल, प्रज्वल फुयाल, विभा प्याकुरेल, किरण सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटनलगत्तै अध्यक्ष मण्डलको घोषणा हुने कार्यक्रम छ ।

जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा गठन हुने अध्यक्ष मण्डलमा इन्चार्ज माधव ढुंगेलसहित उनीपछिका अखिल अध्यक्षहरु किशोरविक्रम मल्ल, नविना लामा, ऐन महरसहित पूर्व इन्चार्जहरु रहने बताइएको छ ।

अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सन्चालनका लागि पार्टीको निर्वाचन आयोगलाई जिम्मा दिएको छ । निर्वाचन आयोगका सदस्य कुमार खकुरेलको नेतृत्वमा निर्वाचनको प्रक्रिया अघि बढ्ने इन्चार्ज ढुंगेलले बताए । यसपटक अखिलमा चुनावबाटै नेतृत्व चयन हुने उनले बताए ।

निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेर विद्युतीय भोटिङ मेसिनमार्फत चुनाव गराउँनेछ ।

आजै बेलुकासम्म सबै काम सकेर बुधवार दिनभर मनोनयन प्रक्रिया थालिने र सोही साँझ अन्तिम नामावली प्रकाशन गरेर विहीवार मतदान हुने बताइएको छ ।
अनेरास्ववियुको यो महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?