ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

हुलाक सेवाको परम्परागत संरचना परिवर्तन गर्न आबश्यक : संचारमन्त्री शर्मा

२९ माघ २०७९, आईतवार
२९ माघ २०७९, आईतवार

दाङ, २९ माघ । सूचना तथा संचार प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपालको हुलाक सेवाको परम्परागत संरचना परिवर्तन गर्न आबश्यक रहेको बताएकी छन् । गृह जिल्ला दाङ आएको बेला नेपाल पत्रकार महासंघ दाङ शाखा, नेपाल प्रेस युनियन दाङ, प्रेस चौतारी नेपाल दाङ, प्रेस सेन्टर दाङ, प्रगतिशील पत्रकार संघ दाङले आज संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो कुरा बताएकी हुन् । २०२७ सालको कानुनमा रही अहिलेको संघीय संरचनामापनि पुरानै शैलीमा भईरहेको कामले प्रभावकारिता नदेखिएको हुँदा तत्काल हुलाक सेवाको पुनर्संरचना गर्न लागिएको बताइन् । समयसापेक्ष सूचना प्रविधि र संघीय संरचना अनुसार काम अघि बढाउने गरि ड्राफ्ट तयार भईसकेको जानकारी गराइन् ।
यसैगरी उनले मिडिया क्षेत्रमा देखा परेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै जानकारी लिने काम शुरु गरेको हुँदा आगामी दिनमा पत्रकार र मिडिया क्षेत्रको सबलीकरण हुने खालका कार्यक्रम अघि बढाउने योजनामा आफू रहेको बताइन् ।
सूचना प्रविधिको विकासले फड्को मारिरहेको यो समयमा अहिले पनि थुप्रै संरचना पुराना र परम्परागत तरिकाले सञ्चालनमा आएको हुँदा ती संरचनालाई सुधारका प्रयास थाल्ने प्रतिवद्धता जनाइन् । सरकारी संचार माध्यमलाई प्रदेश स्तरमा व्यवस्थित गर्ने कामको थालनी गर्ने बताइन् ।
यसैगरी, जिल्लामा देखा परेको विकास निर्माणका काम, नागरिकका समस्यालाई समाधान गर्न हिजोका दिनबाटै लागिपरेको बताउदै उनले निर्वाचनको समयमा गरेका वाचा र प्रतिवद्धता नभुलेको बताइन् । सबैको चासोको विषय रहेको घोराही तुलसीपुरको चारलेन सडकका सन्दर्भमा केन्द्रमा आवाज उठाउने काम जारी रहेको बताउँदै उनले परिणाम देखिने गरि जिल्लाका सचेत नागरिक वर्गबाट सकारात्मक दबावलाई आत्मसात गर्दै परिणाम देखिने गरि काममा खटिएको बताइन्।
सोही कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले फोरलेनको विषयमा भएको ढिला सुस्तीले नागरिकले पाएको सास्तीबाट छुटकारा दिलाउन मन्त्री परिषदमा विषय प्रवेश गराउन सुझाव दिए । दूरदराजका साना मिडियामा निशुल्क प्रेषणको व्यवस्था गरेमा तीन रुपैयाँको पत्रिकामा दुई रुपैयाँको टिकट टाँस्ने व्यवस्थाले हुनु नहुने बताए । लोक कल्याणकारी विज्ञापन कटौती भएको, विभेदकारी विज्ञापनले साना मिडिया मारमा परेका जस्ता समस्यामा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाई राखेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाख अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस सेन्टर दाङका अध्यक्ष पान्डब शर्माले गरेका थिए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?