© २०२३
प्रदेशका विभिन्न जिल्लामा रहेका सम्भावित क्षेत्रहरूमा लगानीको वातावरण राज्यले मिलाउने प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले विश्वास दिलाएका छन् । होटल व्यवसायी संघ प्यूठानको आइतबार विजुवारमा आयोजित नवौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनलाई सम्वोधन गर्दै उनले लगानीका क्षेत्र बिस्तार नहुँदासम्म राज्यको समृद्धीको नारा पुरा नहुने उल्लेख गरे । ‘हाम्रा बच्चाबच्चीहरू लाहुँरे बनिरहेका छन्’,उनले भने,‘बढ्दो बैदेशिक रोजगारको अवस्थालाई कमी गर्न लगानीमैत्री बातावरण सृजना गर्नुपर्छ ।’ प्रदेश नम्वर पाँचमा रहेका उद्योग, पर्यटन र वनका क्षेत्रमा भएका विभिन्न क्षेत्रहरूको खोजी र लगानीकर्तालाई आकर्षित गर्ने वातावरण सरकारले बनाउने उनले उद्घोष गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठानका प्रदेशसभा सदस्य हरी रिजालले जिल्लालाई आर्थिक रूपमा सवल बनाउनका लागि पर्यटन क्षेत्रसँग जोडिएको संभावनाहरूको विकासमा ध्यानदिनुपर्ने उल्लेख गरे । उनले स्वर्गद्धारीसँगै जिल्लाका भित्री रुटमा पर्ने गौमुखी, ऐरावती, झाँक्रिस्थान, मल्लरानी लगायत पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारले योजना बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
हाल सानाठूला गिरी जिल्लाभर छ सय बढी होटलहरू संचालनमा छन् । अधिवेशनकै अवसरमा होटल व्यवसायी संघ प्यूठानले निर्माणधिन प्रशासनिक भवनको समेत उद्घाटन गरेको छ । लामोसमयदेखि भवन निर्माणको प्रक्रियामा रहेको संघले यसै वर्ष निर्माण पुरा गरेको हो । ५२ लाख ३३ हजार रूपैयाँ लगानीमा भवन निर्माण गरिएको अध्यक्ष चन्द्रलाल न्यौपानेले जानकारी दिए । अधिवेशनकै अवसरमा संघले विभिन्न क्षेत्रबाट संस्थागत एवं प्रवद्र्धनात्मक विकासमा योगादन पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेको छ । होटललाई उद्योग सरहको मान्यता दिएको सरकारले त्यस अनुसारका नीति तथा कार्यक्रम ल्याउन व्यवसायीहरूले आग्रह गरेका छन् ।