© २०२३
बुटवल,२६ माघ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । काठमाडौंमा भएको माओवादीको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र पार्टीको संरचनामा परिवर्तन गर्न राखेको प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गरेको हो ।
माओवादी केन्द्र पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिन्ह र संरचना परिवर्तन गर्नेगरी रमखेको राजनीतिक प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए ।
उनले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन् । बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी,माधव नेपालको एकीकृत समाजवादी ,उपेन्द्र यादवको जसपा लगायतका दलहरुसंग पार्टी एकताका लागि प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह फर्ने निचोडमा पुगेको राजनीतिक विश्लेषकहरु बताउंछन् ।
माओवादीको यो निर्णयले सशष्त्र युद्ध लडेका नेता कार्यकर्ता भने बिच्किने संभावना रहेको विश्लेषकहरु बताउंछन् ।