© २०२३
बुटवलमा प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले बिभिन्न कार्यक्रम गरी नवौ बार्षिकोत्सव मनाएको छ ।बैंकले बार्षिकोत्सवको अवसरमा जेष्ठ बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट कर्मचारी र उत्कृष्टलाई सम्मान गरेको छ । बैकले जेष्ठ बचतकर्ता ८२ बर्षिय जंग बहादुर शाह, ७९ बर्षिय नारायण बहादुर रावत, ७५ बर्षिय यम बहादुर खत्री र डासुराम भण्डारी तथा ७४ बर्षिय अम्विकादेबि गौतमलाई सम्मान गरेको छ । त्यस्तै आमाछोरी बचत खातातर्फ श्रृजना डंगोल, बाल बचत खाता तर्फ पुकार क्षेत्री, उत्कृष्ट ऋणी तर्फ सापकोटा डेरी उद्योग बर्दघाटका पुष्पराज सापकोटालाई पनि बैंकले सम्मान गरेको छ । बैकले उत्कृष्ट शाखाका रूपमा शिवपुर शाखा र उत्कृष्ट कर्मचारीका रूपमा सुपरभाइजर बिपीन भण्डारीलाई एक तह बृद्धि सहित सम्मान गरेको छ । बुटवलको कालिकानगरमा प्रधान कार्यालय रहेको र १७ शाखा कार्यालय रहेको बैकले छिट्टै थप ५ वटा नयाँ शाखा कार्यालय खोल्ने भएको छ । बैंकले नवलपरासी जिल्लाको सुनवल–१२, भुमही र देवदह–९, भलुही एवं रूपन्देही जिल्लाको सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया, र वुटवल–८, सुख्खानगरमा नयाँ शाखाहरू खोल्न प्रक्रृया अगाडी बढाएको बार्षिकोत्सवका अवसरमा अध्यक्ष पशुपति घिमिरेले जानकारी दिए ।
अधिकृत पूँजी ६० करोड रूपैयाँ, जारी तथा चुक्ता पूँजी ५२ करोड ६३ लाख ९४ हजार नौ सय रूपैयाँका साथै रूपन्देही, नवलपरासी, नवलपुर र चितवन गरी चार जिल्ला कार्यक्षेत्र भएको कम्युनिटी डेभलपमेण्ट बैंकले रूपन्देहीका बुटवल, सौ. फर्सा्टिकर, रानिवगिया, मणिग्राम, सिद्धार्थनगर, शंकरनगर, शिवपुर, अमवा, लखनचोक, मानपकडी, बेल्वास र कालिकानगर, नवलपरासीका भुताहा र बेलाटारी, नवलपुरको अरूणखोला तथा चितवनको टाँडी र बुद्धचोक शाखा कार्यालयहरूबाट निशुल्क एविविएस, एटिएम, लकर, सन्ध्याकालीन, एसएमएस, आइपिएस, सि–आश्बा लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बैकले सरल बचत खाता, धन आर्जन बचत खाता, बालवालिका बचत खाता,साहारा बचत खाता, बैदेशिक रोजगार बचत खाता, आमाछोरी बचत खाता, शेयरधनि बचत खाता, कर्मचारी खाता, सर्बोत्तम बचत खाता सञ्चालनमा ल्याएको नायव कार्यकारी अधिकृत भक्त बहादुर खडकाले जानकारी दिए । गत भाद्र मसान्तको अपरिष्कृत तथ्याङ्क अनुसार बैंकले २ अर्ब ७० करोड निक्षेप परिचालन, २ अरब ४० करोड लगानी गरेको छ भने २०७५ असार मसान्तको निस्क्रिय कर्जाको प्रतिशत ०.५९ रहेको छ । बैंकको सञ्चालक समितिले गत आर्थिक बर्षको खुद मुनाफा तथा शेयर प्रिमियमवाट कायम चूक्ता पूँजीको नगद लाभांश र बोनस शेयर गरी ७ दशमलव ४२ प्रतिशत (६ दशमलव ४२ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर) वितरणको लागी प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा २४ प्रतिशतले खुद मुनाफामा वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।